दंगीशरणमा दुई दिने माघी मेला सकियो, थारु कलाकार पुरस्कृत

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिप्तीशिखा चौधरी,

दंगीशरण, २७ पुस | दंगीशरणमा संचालन भएको दुई दिने माघि मेलामा स्थानीय थारु कलाकारहरुले पुराना लोककला देखाए । कार्यक्रममा प्रश्तुत गरिएको महोट्या नाचले बृद्धहरुलाई मनोरञ्जन दियो । कलाकारहरुको प्रश्तुतीले साच्चिकै हिजोका दिनमा त्यसरी नै शोषित ,पिडीत भएर बसेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अनी यसैगरी माघिमा आफनो पिडा र दु.ख साट्थे । घरपरिवारलाई एकै ठाउँ जम्मा गर्ने पर्व र थारुहरुको नयाँ बर्ष, नयाँ कामको थालनी गर्ने यो पर्व एक आपसमा सद्भाव, सहिष्णुता दर्शाईरहेको थियो । यस्तै मेलामा प्रश्तुत गरिएको मघौटा नाचले माघीमा महिलाहरुको स्वतन्त्र हुने दिलाई झल्काईरहेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सधैँ काम र दुख गर्ने महिलाहरु यो पर्वलाई आफनो स्वतन्त्र हुने पर्वको रुपमा लिने गर्दछन् भने छोक्रा नाचले हरेक पर्वमा रमाईलो गर्ने नाचको रुपमा लिने गरिन्छ । दंगीशरणमा संचालन भएको मेला थारु समुदायका लागि एक उत्सव दिनको रुपमा संचालन भएको थियो । दुई दिन सम्म चलेको मेलामा थारु समुदायको थारु लोक कला लोक सस्ंकृतीलाई प्रश्तुत गरिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

थारु लोककलाकारको समुह पुरस्कृत
दुई दिन सम्म संचालन भएको माघी मेलामा लोक नाच, सस्ंकृती प्रश्तुत गर्ने दंगीशरणका थारु कलाकारहरु विभीन्न स्थान हासील गरि पुरस्कृत भएका छन् । मघौटा नाच प्रश्तुत गर्ने वडा न.१ गोलटाकुरी पहिलो स्थान हासील गर्न सफल भएको छ भने वडा न. ५ खलुवाचिस दोस्रो र वडा न. ७ सिम्ठानाको समुह तेस्रो स्थान हासील गर्न सफल भएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्ते छोक्रा नाच तर्फ वडा न. ३ रावतगाउँ पहिलो, वडा न. ६ थपगाउँ दोस्रो र वडा न. ७ वुटनीया तेसा्रे स्थान हासील गरेका थिए । यस्तै महोट्या नाच प्रश्तुत गर्ने वडा न. ३ रावतगाउँ पहिलो, वडा न. ४ बैबाङ दोस्रो र वडा न. ५ डाडाँचिस तेस्रो स्थान हासील गरेका थिए भने सखिया नाच प्रश्तुत गर्ने वडा न. ३ हेकुली पहिलो, वडा न. ५ कुमलगडि दोस्रो र वडा न. ४ सुकदेवा तेस्रो स्थान हासील गरेका थिए भन यूवाहरुले प्रश्तुत गरेको आधुनीक थारु नृत्यमा वडा न. ४ कि जिवीका रेउले प्रथम, बसन्ती चौधरी द्धितीय र रावतगाउा वडा न. ३ का कलाकारहरु तृतीय स्थान गर्न सफल भएका थिए ।

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

विजेता हुने कलाकारहरुलाई दंगीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी , उपाध्यक्ष पिमा कुमारी खड्का, प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेले नगद र सम्मान पत्र प्रदान गरेका थिए । माघि मेला कार्यक्रम सयोंजक श्रीप्रशाद चौधरीको अध्यक्षतामा शनीवार कार्यक्रम सम्म्पन गरिएको थियो ।

कार्यक्रमको शहजीकरण माघि मेलाका सदस्य सचिव मस्तविर चौधरीले गरेका थिए । दंगीशरण माघि म्यालम जाई ,हेरैटि गैलक थारु लोक सस्ंकृती बचाई भन्ने मुल नाराका साथ दुई दिन दंगीशरणमा माघि मेला २०७६को आयोजना गरिएको हो । मेलामा दंगीशरणबासीको उल्लेख्य मात्रामा सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *