हर्षेडाँडा लालमटियामा माघी मेला सञ्चालन हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

लालमटिया, २७ पुस । देउखुरीको धार्मिक तथा पर्यटकीय स्थल राप्ती गाउँपालिका २ हर्षेडाँडा लालमटियामा माघी मेला तथा साँस्कृतिक कार्यक्रम हुने भएको छ । कालिका सामुदायिक वन उपभोक्ता समूह लालमटियाको आयोजनामा बिगतका बर्षहरुमा झै यस बर्ष पनि माघी मेला सञ्चालन गर्न लागेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पुस २९ गते देखि माघ २ गते सम्म मेला सञ्चालन हुने समुहका अध्यक्ष भिमकान्त भुसालले जानकारी दिएका छन् । कार्यक्रम अन्तरगत पुस २९ गते साँझ ८ बजे देखि प्रतियोगित्मक साँस्कृतिक कार्यक्रमका साथ गायक भुपु पाण्डे, विक्रम राना,सरिता कार्की, गायक मोडेल तथा उद्घोषक विजय पुन र डान्सर आरुषी मगर लगायतका कलाकारका साथमा स्थानीय मगर,थारु साँस्कृतिक प्रस्तुती रहने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

त्यसै गरी माघ १ गते विहान ११ बजे देखि खुल्ला सो डान्स हुने र माघ २ गते मेलाको समापन गरिने अध्यक्ष भुसालले बताएका छन् । मेलामा १ सय ५० स्टल रहने, ५० हजार दर्शकले अवलोकन गर्ने र करिव ६० हजार आम्दानी लिने लक्ष्य राखिएको आयोजकले जानकारी दिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मेलामा मन्दिर दर्शन,रमणीय वन जंगल अवलोकन,पिकनिक स्पोट,बच्चाका खेलौना, विभिन्न गेम आइटम,गाडी पार्किङ र बिजुली बत्तीको राम्रो व्यवस्था भएको आयोजकले बताएको छ । लालमटिया बजार देखि करिब १ किलोमिटर उत्तर तर्फ अवस्थीत उक्त धार्मिक तथा पर्यटकीय स्थल हर्षेडाँडामा परापूर्वकाल देखि मेला लाग्दै आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *