आजको मौसम : पहाडमा सफा, तराईमा हुस्सु र कुहिरो

दाङ, २७ पुस | हाल नेपालमा उल्लेखनिय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको मध्य र पश्चिमी तराईमा कुहिरो र हुस्सु लागेको छ भने पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । तराई भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आज राति देशभर मौसम ससफा रहनेछ । महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गरेर सूचना निकालेको छ । जसअनुसार भोली दिउँसो देशका पहाडी भूभागहरुमा मौसम सफा रहनेछ । तराईका भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । भोली राति पश्चिमी भूभागका एकदुई स्थानमा हल्का वर्षाको साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरुमा हिमपातको सम्भावना रहेको सूचनामा भनिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै, पर्सी दिउँसो देशका पश्चिमी भूभागमा सामान्य बदली भई अन्य भू्भागमा आंशिक बदली रहनेछ । पश्चिमी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपात हुनेछ । आगामी २४ घण्टाका लागि सचेतना सन्देश दिंदै महाशाखाले भनेको छ, ‘तराईका भूभागहरुमा हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकोले राम्रोसँग घाम नलाग्ने हुँदा चिसो नै रहने देखिन्छ । तसर्थ चिसोबाट बच्ने उपायहरु अपनाउनु हुन साथै यात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन हुन अनुरोध छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *