माघ पर्वले थारु समुदायमा रौनक

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २६ पुस | थारु समुदायको महत्वपूर्ण पर्व ‘माघ’ आउन केहिदिन बाँकी छँदैे घरआँगन तथा गाउँबस्तीमा उल्लासमय वातावरण छाउँदै गएको छ । आफ्नो वर्षभरिको दुःख, पीडा बिर्सदै आपसमा मिलेर गीत गाउँदै, नाच्दै गाउँघर सिगार्नेदेखि पारिवारिक मिलनको उत्साह र उमङ्गले नेपालका आदिवासी थारु समुदायका गाउँबस्तीमा अहिले बालबालिकादेखि वृद्धवृद्धालाई माघी पर्वको रौनकले छपक्कै छोपेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विधिवत् रुपमा पुस २९ गतेबाट शुरु हुने भएतापनि सप्ताहव्यापी यो पर्वको तयारी थारु बस्तीमा अहिलेदेखि नै शुरु भइसकेको छ । माघ पर्व तयारीमा थारु समुदायले अहिले अन्नपात कुटानी, पिसानी गर्ने, लत्ताकपडा किन्ने र गाउँघरको सरसफाइ गर्ने काम धमाधम चलिरहेको छ । यो पर्वका अवसरमा थारु समुदायले छोराछोरीको बिहे, अंशबण्डा, खेतीपातीको वार्षिक योजना निर्माण गर्नुका साथै परिवारका सदस्यको कामको बाँडफाँटसमेत गर्ने गरिन्छ ।

यसैबिच माघ पर्वलाई मध्यनजर गरी तुलसीपुरमा आज शनिबार पनि बजार खुल्ला गरिएको छ । साताको शनिबार बन्द रहने तुलसीपुर बजार आज माघ पर्वलाई लक्षित गरी बजार खुल्ला गरिएको तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *