घोराहीमा माघ सांस्कृतीक महोत्सव सुरु, निस्राउ दिएर उद्घाटन

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, २५ पुस | माघी पर्वको अबसरमा दाङको घोराहीमा आजबाट माघी साँस्कृतीक महोत्सव सुरुभएको छ । थारु कल्याणकारीणी सभा दाङको आयोजनामा चार दिने महोत्सव आज देखी घोराहीमा सुरुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सभाका अध्यक्ष भूवन चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरीले प्रतिनिधीसभा सदस्य गंगा सत्गैयाँलाई निस्राउ दिएर महोत्सवको उद्घाटन गर्नुभएको हो । महोत्वस उद्घाटन पूर्ब घोराही बजारमा विभिन्न गाउँहरुबाट आएका थारुका भेषभुषामा सजिएकाहरुले झाँकी र ¥याली निकालेका थिए ।

थारु समुदायले महत्वपूर्ण चाडकारुपमा लिदै आएको माघिलाई बचाउने र सामाजिक रुपान्तरण मार्फत विकास सँग जोड्ने उदेश्यले महोत्सवको आयोजना गरिएको थारु बुद्धीजीवि केवि चौधरीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रमाईलो र खानपानमा मात्रै माघीलाई सिमित नराखी आर्थिक, सामाजिक, साँस्कृतीक तथा शैक्षिक रुपान्तरण सँग जोड्न महोत्सवले भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा थारु कलासंस्कृती र उत्थानमा भूमिका खेलेको भन्दै डा. गोबिन्द आचार्य, फुलमान चौधरी, सविन प्रियासन, केएल पिडित, दुर्गालाल केसी, बसुन्धरा गौतम, छोटीलाल चौधरी, जगविर चौधरी, पद्मा चौधरी, सुन्दरराम चौधरी, लिलाराम चौधरी, भोजराज चौधरी, विष्णु चौधरी, निराजन चौधरी र प्रियंका चौधरीलाई सम्मान गरिएको छ ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

महोत्सवमा थारु जातीका विभिन्न नृत्य एवं गितहरु प्रस्तुत गरिएको छ । महोत्सवमा जिल्लाका सबै ठाउँहरुबाट थारु भेषभुषामा सजिएर व्यक्तिहरु सहभागि भएका थिए । सभाका उपाध्यक्ष रामपती चौधरीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब प्रकाश चौधरीले गर्नुभएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *