अबदेखि सार्वजनिक गाडीमा गीत बजाउन नपाइने

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २४ पौष | सार्वजनिक यातायातका साधनमा अब गीत बजाउन नपाइने भएको छ। सार्वजनिक गाडीमा गीतकै कारणले दुर्घटना बढ्दै गएको भन्दै यातायात व्यवस्था विभागले सार्वजनिक सूचना मार्फत म्युजिक सिस्टम नराख्न निर्देशन दिएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सवारीसाधनको क्याविनमा सजाइएका सामान र म्युजिक सिस्टम नराख्न विभागले निर्देशन दिएको छ। म्युजिकमा चालकको ध्यान जाँदा गाडी दुर्घटना हुने गरेको विभिन्न अध्यायनले देखाएकाले म्युजिक सिस्टम नराख्न निर्देशन दिएको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले बताए।

‘गाडीमा गीत बजाउँदा र गीत परिवर्तन गर्दा चालकको ध्यान सवारीबाट बाहिर गएर दुर्घटना हुने सम्भावना धेरै हुने भएकाले यस्तो नियम लागु गरिएको हो,’ उनले भने, ‘सवारी दुर्घटनालाई न्युनिकरण गर्न हामीले लागिपरेका छौं।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

सवारीसाधनमा बज्ने गीतसंगीत मात्र नभई अगाडी सिसामा सजाइएका झल्लर, लेसलगायतका सजावट सामग्री पनि दुर्घटनाको कारण भएको भन्दै विभागले यस्ता सामग्री पनि नराख्न निर्देशन दिएको उनले बताए।यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *