बिदेशबाट फर्किएर दाङमा मःम पसल खोलेका युवा भन्छन : “स्वदेशमै केही गरौँ”

Blog Post Ad Blog Post Ad Blog Post Ad

यमकला भुसाल

दाङ,२४ पौष | दाङ तुलसीपुरका २२ बर्षीय दिपक काफ्लेले मःमः पसल सञ्चालन गरेको लगभग ३ महिना पुरा भयो । उनी २ वर्ष पहिले बैदेशिक रोजगारीको लागी कतार गएका थिए । ब्याचलर पढ्दै गर्दा बिचमै पढाई छोडेर कतार गएका उनी झण्डै १४ महिना त्यहाँ बसे । उनी इम्फ्राईस्टक्चरको बिजनेस् कम्पनीमा लेखापालको काम गर्थे । त्यहाँ आउने मान्छेलाई सामान देखाइ दिने, फायलहरु ठिक छन् छैन भनी हेर्ने, हिसाब सकंलन राख्ने जस्ता कामहरु गर्नु गर्दथ्यो । तलब पनि राम्रै थियो उनका लागि । मासिक नेपाली ५५ हजार ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनी पहिले नेपालमा हुँदा आफैले काठमाडौँमा केही नबुझी ब्यापार सुरु गरेका थिए । तर त्यो उनका लागी राम्रो भएन उल्टो ८÷९ लाख पैसा डुब्यो । त्यसपछि पुनः काठमाडौँ मै एउटा बिजनेस मार्टमा करिब १ वर्ष जति काम त गरे । तर त्यँहा पनि विविध कारणले काम छोड्नु प¥यो । घरमा कसैलाई नसोधी बिजनेस कै काम गर्छु भन्दै कतार पुगे ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आफुलाई लागेको ऋण तिर्न उनी १४ महिना सम्म मेहेनत गरिरहे । त्यहाँ तलब राम्रो भएपनि घरपरिवारको याद धेरै आयो,कहिले नेपाल फर्किउ भन्ने भयो उनलाई । १४ महिना पछि उनी नेपाल फर्किए । एकपल्ट त्यसरी फर्किइसकेपछि फेरी जाने भन्दा पनि यतै केही गर्ने बारेमा उनले सोचे । विदेशमा गएर पैसा कमाए पनि आत्मसम्मानले बस्न पाएका थिएनन् उनी ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल आएपछि आफ्नो घर परिवार देखी तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे सम्म नेपाल मै केही गर्न खोजेको भन्दै सल्लाह माग्न पुगे । पाण्डेले पनि आफ्नै ठाउँमा केही व्यापार बिजनेस गर्नुपर्छ भन्ने सुझाब दिए । त्यसपछि उनले अहिले करिब ८ लाखको लगानीमा तुलसीपुर– सुर्खेत सडक खण्ड अन्र्तगत पातुखोलाको पुल चोकमा नयाँ ढगंबाट राजा मःम पसल सञ्चालन गरेका छन । उनको पहिले देखीको मःम पसल गर्ने सपना पुरा पनि भएको छ ।

पसलमा बनेका मःम का आइटमहरु अनलाइन,फोनबाट अर्डर दिएका ग्राहकको माग अनुसार होमडेलिभर मार्फत घर सम्म पु¥याउने ब्यवस्था पनि छ । अहिले दैनिकी पसलबाट ८० देखि ९० पिलेट सम्म मःम बिक्री हुने गरेको छ भने होमडेलिभरबाट ६० देखि ८० पिलेट सम्म बिक्री भैरहेको छ । मःम पसल सञ्चालन गरेपछि अहिले मासिक १ लाख देखी डेढ लाख रुपैया सम्म आम्दानी भैरहेको सञ्चालक काफ्लेको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनी सगैँ उनका फुपुका छोरा २० वर्षीय प्रसान्त चाँपागाई पनि पार्टनरमा काम गरिरहेका छन । आफ्नै ठाउँमा ब्यवसाय गरेर बस्दा परिवारबाट पनि राम्रो साथ सहयोग मिलेको उनले बताए । बैदेशिक रोजगारीका लागी लाखौ युवाहरु पलायन भैरहेकाले नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देश दिन पनि स्वदेशमै ब्यवसाय सुरु गरेको उनी बताउँछन ।

उनी भन्छन,–नेपालमा जागिर पाउन समस्या छ,उद्यमी बन्न छैन । देश विकास र ब्यक्तीगत विकास भन्ने फरक कुरा हो । देशलाई गरिब राजनितिले बनायो । हामीलाई कस्ले गरिब बनाइदियो ?

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *