जिप दुर्घटनामा परी १२ जना घाइते, ३ को अवस्था गम्भीर

रुकुम, २३ पुस | रुकुम पश्चिममा जिप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । घाइते मध्ये तीनको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । डोल्पाको खदाङबाट रुकुम पश्चिमको गोतामकोटका लागी हिडेको ग १ ज ५२०१ नम्बरको जिप आज दुर्घटना भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

डोल्पाको मुड्केचुला गाउँपालिका–७, का २३ वर्षीय राज बुढा, १८ वर्षीय आर्यन बुढा र डोल्पा ठूलीभेरी नगरपालिका–५, का ५२ वर्षीय चन्द्रबहादुर रोकाय गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । जाजरकोट–डोल्पा सडकखण्डको मनका बगरमा जिप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घाईते सबैजनालाई उपचारका लागि आठबीसकोट नगर अस्पतालमा पुर्याइएको रुकुमका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक कविराज रोकायले बताउनुभयो । गाडी चालक तिलक बिक भने फरार रहेको बताइएको छ ।

आठबीसकोट नगरपालिका–६, को मनकाबगरमा ब्रेक फेल भई दुर्घटना हुँदा जिप सडकभन्दा ७० मिटर तल रहेको ठूलीभेरी नदीको किनारमा परेको छ । जिपमा १३ जना यात्रु रहेको प्रहरीले बताएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *