रामपुरमा डाक्टर र ल्याव सहितको अस्पताल

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, १९ पुस| घोराही उपमहानगरपालिका २ रामपुर स्थित शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र र योगा हलको उद्घाटन गरिएको छ । स्वास्थ्य मन्त्रालयको बजेटबाट निर्माण भएको दुई तल स्वास्थ्य प्रबद्र्धन केन्द्रको भवन र घोराही उपमहानगरपालिकाले बनाएको योगाहलको मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एक करोड ३९ लाख रुपैयाँको लागतमा वनेको रामपुर शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा मेडिकल अधिकृत डाक्टर सहितको स्वास्थ्यकर्मीले सेवा दिन थालेका छन् । रामपुर क्षेत्रका नागरिकहरुलाई योग अभ्यास गर्नका लागि उपमहानगरपालिकाको ३० लाख रुपैयाँको लगानीमा योगाहल बनाईएको हो ।

नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षता एवं मुख्यमन्त्री शंकर पोख्रेल र संघिय सांसद सुजिता शाक्यको उपस्थितीमा भवनको उद्घाटन गरिएको हो । कार्यक्रममा मुख्यमन्त्री शंकर पोख्रेलले सेवाप्रबाहलाई भरपर्दो बनाउने तर्फ ध्यान दिन आग्रह गर्नुभएको छ । उपचार गर्ने मात्रै नभई स्वस्थ रहन अपनाउन सकिने उपायहरुका बिषयमा परामर्श दिन समेत स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वास्थ्य संस्थाहरु बिरामी जाँच्ने केन्द्र मात्रै हुन नहुने भन्दै उहाँले रोग नै लाग्न नदिने खालका सचेतना जगाउने तर्फ पनि केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नगर प्रमुख चौधरीले रोग लाग्नु भन्दा लाग्नै नदिने तर्फ सचेत रहनुपर्नेमा जोड दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्वस्थ्य भए मात्रै जीवन सुखमय हुने भन्दै उहाँले खानपान, सरसफाई र शारिरीक अभ्यासमा बिषेश ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा केन्द्रका प्रमुख भुवनेश्वर रिजालले २०७२ सालमा महायज्ञ लगाएर रकम संकलन गरी ६ कठ्ठा जग्गा खरिद गरेको जानकारी दिनुभयो । आफुहरु स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने र स्वस्थ रहने विषयमा परामर्श समेत दिने तर्फ प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रमको सहजिकरण वडा अध्यक्ष केशबराज आचार्यले गर्नुभएको थियो । यस अघि स्वास्थ्य चौकी रहेको र जनप्रतिनिधीह? आएपछि उपमहानगरपालिकाले डाक्टर र ल्याव सहितको सेवा दिने गरी प्रबद्र्धन केन्द्रमा स्तर बृद्धी गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *