के हो त हाहाकार बाजा……?

Blog Post Ad Blog Post Ad Blog Post Ad

जीतसागर जी.एम.

तुलसीपुर, पुस १९ | तीन ढोल, तीन ट्याम्की र एक झ्यालीको समिश्रण हाहाकार बाजा…..। बिवाह उत्सवदेखि मेला महोत्सवमा हाहाकार बाजाको धुनले कब्जा जमाउने गरेको छ । नाम सुन्दा अचम्म लाग्ने हाहाकार बाजाको पञ्चेबाजा जस्तै हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

हाहाकार बजेपछि यसले अरु बाजाको धुनलाई कब्जा गर्ने गरेकाले नै हाहाकार बाजा भनिएको यसको संरक्षणमा लागेकाहरु बताउँछन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ पहरुवामा रैदास समुदायले हाहाकार बाजाको संरक्षणमा जुटेको छ । पुर्खौदेखि हाहाकार बाजा बजाउने परम्परा रहेकाले अहिले आफुहरु पनि यसलाई निरन्तरता दिएको बाजाको संरक्षणमा लागेका ठाकुर रैदासले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘हाम्रो पुर्खाले बजाउँदै आएको बाजा हामीले निरन्तरता दिएका छौँ, उनले भने–‘अहिले पनि हाहाकारको माग बढ्दै गएको छ ।’ हाहाकारले अरु बाजाको धुनलाई कब्जा गर्ने भएका कारण पनि हाहाकार बाजा भनिएको उनको भनाई छ । ‘अरु बाजा भन्दा धेरै ठुलो आवाज भएकाले पनि हाहाकार बाजा भनिएको हो’ उनले भने–‘ कुनैपनि विबाह होस् या खुशियाली महोत्सव, मेला महोत्सव, ¥यालीमा हाहाकार बजाउने गरिएको छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर उपमहानगरपालिका–१५ पहरुवामा ७ जना मिलेर हाहाकार बाजा बजाउने गरेका छन् । हाहाकार बजाउनका लागि दैखिक चौध हजारदेखि २२ हजारसम्म खर्च लाग्ने बाजाको संरक्षणमा लागेका अर्का बुद्धिराम रैदाले बताए ।

‘हाहाकार बाजामा ७ देखि ९ वटासम्मका डम्पु, ट्याम्की र झ्याली चाहिने गरेको छ’ उनले भने–‘प्रति बाजा दैनिक २ देखि ३ हजारसम्म लिने गरेका छौँ, अहिले ठ्याक्कै यसको खर्च यही भएपनि हामीलाई कतिपयले बढी पनि दिने गर्नुहुन्छ, कतिपयले कम पनि दिने गर्नुहुन्छ, हामीलाई यति हो , यो बाजाको माग भए हुन्छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

हाहाकार बाजा दाङलगायत बाँके, बर्दिया, कपिलबस्तु, नवलपरासि , बुटवलसम्म माग हुने गरेको उनले बताए । ‘ हामीहरु दाङसहित प्रदेशका जिल्ला भरी नै पुग्ने गरेका छौँ’ उनले भने–‘ बढी गरी विवाह उत्सवमा हाहाकार बाजाको माग हुने गरेको छ , हाहाकार नै पहिचानको बाजा हो, यसलाई बचाउन हामी लागिरहेका छौँ ।’

मौलिक कला संस्कृति झल्कने हाहाकार बाजा संरक्षण आफुहरु लागेपनि पछिल्लो पुस्ताले वास्ता नगरेको रैदास बताउँछन् । ‘हाहाकार बाजा हो हाहाकार नै हुने स्थिति छ, हामीभन्दा पछिल्लो पुस्ताले बजाउने गरेको छैन्, उनले भने–‘यसको संरक्षणमा नयाँ पुस्ता पनि लागेपछि हाहाकारको धुनले निरन्तता पाउने थियो, तर कसैको वास्ता छैन् ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

विवाहदेखि मेला उत्वसमा शोभा बढाउने हाहाकार बाजाको संरक्षणमा स्थानीय सरकारले पनि ध्यान नदिएको उनको गुनासो छ । ‘मेला महोत्वसमा हाहाकार बाजाको धुनमा रमाउने धेरै छन्, अनि यसको संरक्षण गर्नुपर्छ भनेर सबैले आश्वासन दिन्छन् तर व्यवहारमा कार्यान्वयन गर्दैनन् ।’

हाहाकार बजाउने समुहलाई ड्रेस समेत उपलब्ध गराउन माग गरेपनि स्थानीय सरकारले चासो नदिएको उनले बताए । ‘ स्थानीय सरकार वा कुनै पनि निकायले बाजा बजाउने समुहलाई ड्रेस उपलब्ध गराउन सक्यो भने गरिमा बढ्थ्यो, उनि भन्छन्–‘ ठुला ठुला मेला महोत्सवको गरिमा हाहाकारले बढाएको छ तर संरक्षणमा कसैले ध्यान दिदैँनन् ।’

हाहाकार बाजाको माग बिस्तारै बढ्दै गएको उनिहरुले बताएका छन् । शहरबजारसंगै गाउँगाउँमा पनि हाहाकारले कब्जा जमाउन थालेको पप्पु रैदास बताउँछन् । ‘हाहाकार बाजाको माग बढ्दै जाँदा हाम्रो आम्दानीको स्रोत पनि बढ्न थालेको छ’ उनले भने–‘ हाम्रो आम्दानीसंगै बाजाको संरक्षण पनि भएको छ ।’

मौलिक संस्कृतिको रुपमा रहेको हाहाकार बाजाको संरक्षण पछिल्लो पुस्ता पनि लाग्नुपर्ने उनि बताउँछन् । ‘ हाम्रो शेषपछि त बाजा बजाउने व्यक्तिको नै अभाव हुन सक्छ, अनि बाजाको लोप हुने अवस्था हुन्छ, उनले भने–‘हाहाकारलाई संरक्षणमा आजदेखि लाग्नुपर्छ ।’ हाहाकार बाजाको संरक्षणसंगै आम्दानीको स्रोत पनि बढ्ने उनिहरु बताउँछन् । बाजा बजाउने चुनौति नभएपनि बाजाको संरक्षण गर्न चुनौति रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *