लिफ्ट प्रविधिबाट माथिल्लो मुलकोटमा खानेपानी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १९ पुस | तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ माथिल्लो मुलकोटकमा लिफ्ट प्रविधिबाट खानेपानी पुगेको छ । भौगोलिक विकटताका कारण खानेपानी अभाव झेलिरहेका माथिल्लो मुलकोटमा पहिलो पटक खानेपानीको धारा पुगेको हो । स्थानीय सरकार र स्थानीयको झण्डै २८ लाखको संयुक्त लगानीमा माथिल्लो मुलकोटमा खानेपानी पुगेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गाँउमा खानेपानी पुगेपछि स्थानीयलाई खानेपानीका लागि घण्टौँ टाढा पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ । खानेपानीको धारा निर्माण भएपछि माथिल्लो मूलकोटका ३३ घरधुरी लाभाम्भित भएका छन् । खानेपानीको आज नगरप्रमुख घनश्याम पाण्डेले उद्घाटन गर्दै सरकारले खानेपानी धारा ल्याएर आफ्नो दायित्व पुरा गरेको बताउँदै धारा संरक्षणमा लाग्न आग्रह गर्नुभयो ।

मुलकोट टोल विकास संस्थाका अध्यक्ष ऋषिराम पुनको अध्यक्षता तथा नगरप्रमुख पाण्डेको प्रमुख आतिथ्यतामा खानेपानीको उद्घाटन गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *