हापुर क्वाटर फाइनलमा प्रवेश


दाङ,१९ पौष |शरण सम्झना कपमा हापुर क्वाटर फाइनलमा प्रवेश गरेको छ ।घोराही उपमहानगरपालिका भरतपुर खेल मैदानमा जारी शरण सम्झना कप शिल्ड प्रतियोगिता अन्तर्गत शनिबार बिहान भएको खेलमा हापुरले बबईलाई ३-१ ले पराजित गरेको छ |घोराहीको नवलपुरमा भईरहेको शरण सम्झना कप शुक्रबार पानी परेको कारणले स्थगित भएको थियो |

Blog Post Ad Blog Post Ad Blog Post Ad

हापुर युथ क्लबका जर्सी न ११ का खेलाडी अक्षित पुन ,जर्सी न ३ का खेलाडी राम कुमार बस्नेत र जर्सी न ७ का खेलाडी मोहन बिएमले १-१ गोल गरेका थिए भने बबई युव क्लबका जर्सी न १० का खेलाडी एन्जस रोकाले १ गोल गरेका हुन | त्यसैगरि शनिबार दिउस आयोजक टिम राप्ती क्लब र मेघ युथ क्लब , बेलका युएनबिसी र रतनपुर ११ भिड्ने छन |

Blog Post Ad Blog Post Ad Blog Post Ad

लिग चरणमा भई रहेको खेलमा जिल्ला भरका १५ वटा क्लवको सहभागीता रहेको आयोजक फोर्थ अफिसियलका दीपक पुनले जानकारी दिनुभयो । पुस २६ गते फाईनल खेल हुने प्रतियोगितामा बिहीबार पनि लिग चरण अन्तर्गत ३ खेल भएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *