तुलसीपुरमा महोत्सव संचालन हुने

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, १९ पुस | तुलसीपुरमा आगामी माघ ९ गतेदेखि १९ गतेसम्म महोत्सव संचालन हुने भएको छ । तुलसीपुर–९ दोघरेमा निर्माणाधिन सभागृह सम्पन्न गर्नका लागि बजेट अभाव भएपछि महोत्सव संचालन गर्न लागिएको हो । बजेट अभावमा सभागृह निर्माणको काम सम्पन्न हुन नसकेकोले महोत्सव संचालन गर्न लागिएको तुलसीपुर उद्योग वाणिज्य सघका अध्यक्ष बिरु रावतले जानकारी दिए । ‘ सभागृह निर्माणका लागि बजेट अभाव भएपछि चौथो महोत्सव संचालन गर्न लागेका छौँ, उनले भने– ‘महोत्सवबाट कम्तिमा एक करोड वचत गर्ने लक्ष्य राखेका छौँ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबिच तुलसीपुर ९ दोघरेमा निर्माणाधिन सभाहल निर्माणको ९० प्रतिसत बढी काम पुरा भइसकेको सभाहल निर्माण समितिका संयोजक विमल रिजालले बताए ‘अब वाईरिङ, पन्टिङ र टायलको काम मात्रै बाँकीे छ,’ संयोजक रिजालले भने ‘ संभवत हामी माघको अन्तिममा र त्यो संभव नभए चैत महिना भित्रै सबै काम पुरा गर्ने छौं।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसअघि तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्ष रहँदा संयोजक रिजालले नै दोघरेमा झन्डै एक हजार मानिस अटाउन सक्ने क्षमताको सभाहल निर्माणको काम सुरु गरेका थिए । संघले आफ्नै पहलमा यसक्षेत्रका उद्योगी व्यापारी संग सहयोग संकलन गरेर एक वर्ष अगाडि सभाहल निर्माण कार्य सुरु गरेको थियो ।

रिजाल संघको अध्यक्ष रहँदा दोघरेमा सभाहल निर्माण गर्न तुलसीपुरमा व्यापारिक मेलापनि लगाइएको थियो । त्यसवाट झन्डै ७५ लाख बचत भएको रिजाले जानकारी दिएसभाहल निर्माण गर्न भने झन्डै ३ करोड हाराहारी बजेट लाग्ने अनुमान गरिएको छ । त्यो बजेट अभावलाई परिपुर्ती गर्न तुलसीपुर उद्योग वाणिज्य संघले यसवर्ष पुनः तुलसीपुरमा महोत्सव लगाउने तयारी गरिहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

माघ ९ गतेदेखि १९ गते सम्म तुलसीपुरमा चौथो महोत्सव लगाउने तयारी भइरहेको रिजालले जानकारी दिए । ‘घुम्न जाउँ तुलसीपुर अभियानलाई सार्थक पार्नको लागि पनि महोत्सव गर्न लागिएको छ,’ रिजालले भने ‘ महोत्सवबाट संकलित रकमले सभागृह निर्माणको कामलाई अन्त्य गर्ने छौँ ’ तुलसीपुर क्षेत्रमा ठूला सभा समारोह गर्न ठूला खालका सभाहलको अभाव पुरा गर्न तुलसीपुर उद्योग वाणिज्य संघले सभाहल निर्माण गर्न लागिएको उनले बताए । ‘

सभाहल निर्माण पछि तुलसीपुरमा ठूलो सभागर्ने सभाहल छैन भन्नेहरुको मुख बन्द हुने छ,’ रिजालले भने ‘यसले पक्कैपनि तुलसीपुरको विकासमा महत्वपूर्ण भूमिका खेल्ने छ ।’ उनले तुलसीपुर क्षेत्रका विकासको लागि अब स्तरिय होटेल, एयरपोर्टको विकास र विस्तार, इन्धन डिपो, सडक विस्तार आवश्यक रहेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *