देउखुरी, पुस १९ | गोरखा ग्रुपद्धारा संचालित गोरखा मोडल माविको दोस्रो बार्षिक उत्सव एक कार्यक्रमका विच सम्पन्न भएको छ । विद्यालय संचालक समितिका अध्यक्ष मानबहादुर बुढाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेलले निजी क्षेत्रको शिक्षाका कारण सरकारलाई सहज भएको बताउनु भएको छ । शिक्षा सबैको लागि नभइ नहुने आधारभुत आवश्यकता भएकोले निजी क्षेत्रले शिक्षाको क्षेत्रमा गरेको लगानी प्रशंसनिय रहेको उहाँको भनाइ थियो ।
लमहीमा गोरखा ग्रुपद्धारा संचालित गोरखा मोडल मा.विको बार्षिक उत्सवलाई सम्बोधन गर्नुहुदै पोखरेलले सरकारले पु¥याउन नसकेको स्थानमा गुणस्तरिय शिक्षा दिलाउन कै कारण निजी क्षेत्रले शिक्षामा ठूलो लगानी गरेको भन्नुहुदै सरकारी क्षेत्रबाट सहयोग हुनुपर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा मनोविद शुसिल कंडेलले बालबालिकालाई मोवाइल र टिभिबाट टाडा राख्न अभिभावकलाई आग्रह गर्नुभयो ।
अभिभावकहरुले आफुलाई फुर्सदिलो बनाउनको लागि बच्चालाई मोवाइल दिने गरेको पाइएको छ, यसले क्षणिक रुपमा फुर्सद भएको बनाउन सहज भएपनि भविष्यमा बच्चामा नकरात्मक असर पर्छ, कंडेलेको भनाइ थियो । कक्षा उतिर्णकै लागि मात्र शिक्षा लिनेृ परिपाटीले शैक्षिक गुणस्तर कायम नहुने भन्दै मनोविद कंडेलले जान्न र सिक्न लागि बालबालिकालाई विद्यालय पठाउन अभिभावकलाई आग्रह गर्नु भएको थियो ।
कार्यक्रममा विद्यार्थीहरुले बनाएको शैक्षिक सामग्रीहरुको प्रर्दशन गरिएको थियो भने कार्यक्रमा पुराना लोक संस्कृति झल्किने गरि विच विचमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।