दाङमा १३ लाख रुपैयाँ फिरौती माग्ने एक व्यक्ति हतियारसहित पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस १७ । दाङमा १३ लाख रुपैयाँ फिरौती माग्ने एक व्यक्ति हतियारसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर ५ राङकोटका ३४ वर्षीय राजकुमार दमाई रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दमाईले डर-धम्की दिँदै घोराही १५ का ४८ वर्षीय एक व्यक्तिलाई १३ लाख रुपैयाँ फिरौती मागेको र उनले नक्कली तीन लाख रुपैयाँ बुझाउदै गर्दा बुधबार प्रहरीले पक्राउ गरेको हो । दमाईको साथबाट एक थान नलकटुवा पेस्तोल र त्यसमा लोड गरिएको एक थान गोली तथा उनले प्रयोग गरेको एउटा मोटरसाइकल समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ।

घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तो थियो घटना
दमाईले एक साता अगाडिदेखि ४८ वर्षीय ती व्यक्तिलाई डर त्रास देखाउँदै १३ लाख फिरौती रकम माग्दै आएका थिए। पीडित व्यक्तिले सो कुरा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी जनक भट्टराईलाई जानकारी दिए।

अनि प्रहरीको योजना अनुसार सम्बन्धित व्यक्तिले बुधबार बेलुका पहिलोपटक तीन लाख रुपैयाँ दिने भन्दै नक्कली पैसाको गड्डी तयार पारेर फिरौती माग्दै आएका रोल्पाका दमाईलाई बोलाए। त्यही तीन लाख नक्कली रकमको गड्डी फिरौती बुझ्दै गर्दा जिल्ला प्रहरीको विषेश टोलीले दमाईलाई बुधबार बेलुका घोराहीबाट पक्राउ गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *