विप्लवका चार नेता अदालत परिसरबाटै पुनः पक्राउ

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ,१७ पौष | नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका चार जना नेतालाई  बुधबार पुनः प्रहरीले पक्राउ गरेको छ। दाङ देउखुरी जिल्ला अदालतले धरौटीमा छोड्न आदेश दिए पनि प्रहरीले उनीहरूलाई पुन अदालत परिसरबाट पक्राउ गरेको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रहरीले बुधबार दाङ देउखुरी अदालत परिसरबाट विप्लवका राजपुर गाउँपालिका इन्चार्ज एव एरिया नं. १ का इन्चार्ज धनबहादुर बोहरा ‘महान’, जिल्ला जनपरिषद सदस्य एव एरिया नं ४ का इन्चार्ज एकराज चौधरी, पूर्व जनमुक्ति सेना तिलक पुन र सदस्य कुलबहादुर वलीलाई पक्राउ गरेको हो।

उनीहरूलाई असोजको ३० गते नेपाल–भारत सीमा क्षेत्रमा पर्ने राजपुर गाउँपालिका वडा नं. ४ मुङग्रेठाबाट नेत्रविक्रम चन्द्र ‘विप्लव’का मध्यकमाड इन्चार्ज चन्द्रबहादुर चन्द्र ‘वीरजंग’ सहित २१ जना पक्राउ परेका थिए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पक्राउ परेका उनीहरुलाई पुसको ७ गते दाङ देउखुरी जिल्ला अदालतले जनही १५–१५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। अदालतको आदेश अनुसार रिहा भएका उनीहरूलाई प्रहरीले बुधबार पुन पक्राउ गरेको हो। बाँकी अन्य नेताहरू घोराही कारागारमा रहेका छन्।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *