आजदेखि भ्रमण वर्ष सुरु

दाङ, पुस १६ । आजदेखि अंग्रेजी नयाँ वर्षमात्र सुरु भएको छैन । नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमणवर्ष पनि सुरु भएको छ । भ्रमण वर्षको तयारीका लागि स्थानीय सरकार पनि भब्य तयारीका साथ काम गरीरहेका छन् । आज स्थानीय तहमै भ्रमण वर्षको उद्घाटन हुँदैछ । दाङमा जिल्ला तहमा जिल्ला समन्वय समितिको पहलमा उद्घाटन कार्यक्रम हुँदैछ भने तुलसीपुर उपमहानगरपालिका सहित अन्य स्थानीय तहहरुले पनि भ्रमण वर्षको उद्घाटन गर्नेछन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला पर्यटन प्रवद्र्धन समिति दाङले एक वर्षको अवधीमा पाँच लाख पर्यटक भित्राउने उदेश्य राखेको छ । भ्रमण वर्ष उद्घाटन कार्यक्रमको बारेमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला पर्यटन प्रवद्र्धन समितिले दाङमा पाँच लाख पर्यटकहरु आउने बताएको छ । भ्रमण वर्षको उद्घाटन आज घोराही उपमहानगरपालिका १३ बारकुने दह मन्दिरमा हुने कार्यक्रम छ । भ्रमण वर्षको उद्घाटन प्रदेश न ५ का सभामुख पुर्णबहादुर घर्तीले गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा पर्यटन प्रवद्र्धन समितिले गरेका तयारीका बारेमा प्रवद्र्धन समितिका सदस्य तथा जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलले जानकारी गराउनु भएको थियो । उहाँका अुनसार उद्घाटन कार्यक्रममा थारु, मगर, अवधी, नेवार र अन्य समुदायका झाँकी प्रस्तुत गरिने र त्यो अनुसारको तयारी भैसकेको छ ।

समितिका अनुसार उद्घाटन कार्यक्रममा करिव ८ हजार भन्दा बढि मानिसहरुको सहभागीता हुनेछ । त्यसैगरेर मञ्च व्यवस्थापन, स्वागतद्धार निर्माणको काम सम्पन्न भएको उहाँले बताउनुभयो । त्यस्तै भ्रमण वर्षको प्रचारको लागि साइकल ¥याली हुनेछ । जिल्ला साईकल संघको अगुवाईमा हुने ¥यालीले घोराहीका विभिन्न पर्यटकीय स्थलहरुको भ्रमण गर्नेछ । त्यसको जिम्मा संघका अध्यक्ष रेशम केसीलाई दिएको उहाँले बताउनुभयो । पत्रकार सम्मेलनमा समितिका संयोजक जितेन्द्रमान नेपालीले दाङमा पर्यटन विकासका लागि र जिल्लालाई चिनाउने यो राम्रो अवसर भएका कारण सबैले सहयोग गर्न आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पर्यटकहरुको आकर्षणका लागि जिल्लामा रहेका पर्यटकीय स्थलहरुको पुर्ननिर्माण, मर्मत सम्भार प्रचारप्रसारका लागि काम चलिरहेको छ । पर्यटकहरुको प्रचारप्रसारका लागि घोराहीका विभिन्न स्थानमा ठुला ठुला होडिङ बोर्ड स्थापना गर्न थालेको घोराही उपमहानगरपालिकाका पर्यटन शाखा प्रमुख बालकृष्ण खनालले बताउनुभयो । पर्यटकीय स्थलहरुको नक्सा र दुरी झल्किने गरी घोराही लमही र घोराही तुलसीपुरको सिमाना, ट्राफिक चौक, तुलसीपुर चौकमा बोर्डहरु स्थापना हुने, पर्चा, पम्प्लेट छाप्ने, विभिन्न सास्कृतिक वृत्तचित्रहरु निर्माण र प्रर्दशनी गर्ने लगाएतका कार्यक्रमहरु रहेका छन् । जिल्लाका १० वटै स्थानीय तहहरुले वर्षभरी नै मेला महोत्सवको आयोजना गर्ने कार्ययोजना बनाईएको छ । तुलसीपुर उपमहानगरपालिकाले अन्र्तराष्ट्रिय फुड फेष्टिवल आयोजना गर्दैछ भने गढवा गाउँपालिकाले मुस्लिम र अवधी समुदायलाई लक्षित गर्दै मेलाको आयोजना गर्न थालेको छ ।

तुलसीपुर उपमहानगरपालिकाले १ लाख पर्यटक भित्राउने लक्ष्य राखेको छ । सहित सुरुवात गर्न लागेको घुम्न जाउँ तुलसीपुर अभियानको भव्य सुरुवात हुने भएको छ । तुलसीपुरको गणेशपुर पार्कमा २०२० को सुरुवातसँगै अभियानको थालनी गरिने छ । उद्घाटन कार्यक्रमलाई भव्य वनाउनका लागि तयारी अन्तिम चरणमा पुगेको अभियानका संयोजक रुपवहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार तुलसीपुरको मुख्य वजारबाट विभिन्न साँस्कृतिक झाँकी सहति ¥यालीको सुरुवात भइ गणेशपुर पार्कमा विशेष कार्यक्रमको आयोजना गरिनेछ । भ्रमण वर्षलाई लक्षित गरेर तुलसीपुर उपमहानगरले विभिन्न ठाउँमा होमस्टे सञ्चालन गरिसकेको छ । विभिन्न जाति र समुदायका व्यक्तिहरुबाट सञ्चालन गरिएका होमस्टेहरुमा पर्यटकहरुलाई स्थानीय साँस्कृतिक प्रस्तुतिका साथमा परिकारहरु समेत खुवाईने व्यवस्था गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सञ्चालनमा आइसकेका होमस्टेहरुमा वडा नम्वर ८ को वटोलपुर, वडा नम्वर ७ को पर्सेनी कुमाल गाउँ, वडा नम्वर ३ को राम्री धामा, वडा नम्वर १९ को छिल्लीकोट लगायतका रहेको सदस्य सचिव यशोदा वलीले जानकारी गराउनुभयो । उहाँका अनुसार गणेशपुर पार्क, चमेरे गुफा लगायतका ठाउँमा पनि तयारी भइरहेको छ । पर्यटकहरुलाई घुम्न सहज होस् भन्नका लागि उपमहानगरपालिकाले सहयोग डेस्कको समेत व्यवस्था गरेको छ । उपमहानगरपालिकाले भ्रमण वर्ष लक्षित गरेर तिन खालका कार्यक्रमलाई केन्द्रमा राखेको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो । नगर प्रमुख पाण्डेका अनुसार प्रचारप्रसार, पर्यटकीय केन्द्रको भौतिक सुधारका साथै पर्यटकहरु रमाउने संरचना निर्माणमा उपमहानगरपालिकाले योजना अगाडि वढाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *