दाङमा एक हप्तामा ४० जनाको उद्धार

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १६ पुस | दाङमा एक हप्तामा ४० जनाको उद्धार गरिएको छ । दाङ जिल्लालाई माबनमुक्त सडक बनाउने उद्देश्य अनुसार जिल्लाका विभिन्न बजारक्षेत्रबाट ४० जना बेसहारालाई उद्धार गरिएको हो ।

जिल्लाका घोराही, तुलसीपुर, लमहि, सिसहनिया, भालुवाङ बजारक्षेत्रबाट उनीहरुलाई उद्धार गरिएको हो । बेसाहारा र मानसिक सन्तुलन गुमाएका ब्यक्तिहरु सडक मै रात दिन बिताउन बाध्य रहेको अबस्थामा विभिन्न निकायको पहलमा उद्धार गरिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उद्धार गरिएकाहरुलाई निलसागर सेवा आश्रमले आश्रय दिएको छ । दाङलाई सडक मानव मुक्त बनाउने उद्धेश्यले पुस १ गतेदेखि आश्रम सञ्चालन गरिएको र पुस ६ गतेदेखि सडकमा आश्रय लिएका मानिसहरुलाई उद्धार गर्न शुरु गरिएको निल सागर सेवा आश्रमकी अध्यक्ष सरिता खनालले जानकारी दिनुभएको छ ।

अभियानका क्रममा लमहिबाट १५ जना, घोराहीबाट १३ जना, तुलसीपुरबाट ९ जना, नारायणपुरबाट ३ जना, भालुवाङबाट ५ जना र गढवाबाट ४ जनालाई उद्धार गरिएको छ । जसमध्ये ४ जनालाई घरमा पुर्नस्थापित गरिएको निल सागर सेवा आश्रमकी अध्यक्ष सरिता खनालले जानकारी दिनुभएको छ ।।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *