दाङमा मानसिक सन्तुलन गुमाएका र बेसहारा ३१ जनाको उद्धार

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, ११ पुस | दाङका बिभिन्न बजारमा मानसिक सन्तुलन गुमाएर र बेसाहारा भएर सकडमा आएका ३१ जनाको उद्धार गरिएको छ । निल सागर सेवा आश्रम सिसहनियाले घोराहीबाट १३, लमही र तुलसीपुरबाट ९÷९ जना गरि ३१ जना त्यस्ता सडकमा आएका व्यक्तिहरुको उद्धार गरेको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ति मानसिक सन्तुलन गुमाएका र बेसहारा व्यक्तिहरुलाई सिसहनियाको पिपरि स्थिती आश्रममा राखिएको छ । उद्धार गरिएकाहरुको स्वास्थ्य जाँच, सरसफाई, खानपानमा विषेश ध्यान दिएर स्याहार सुसाहारको काम सुरु भएको आश्रममा संयोजक प्रकाश बिष्टले जानकारी दिनुभयो ।

लामो समय देखी सडकमा दिनरात बिताउदै आएका त्यस्ता व्यक्तिहरुको उद्धार गरि आबस्यक उपचार, रेखदेख सँगै परिवारमा पूर्नमिलनको बाताबरण बनाउने संयोजक बिष्टको भनाई छ । उनिहरुको उद्धारका लागि स्थानिय सरकार सँगै सामाजिक अभियन्त, पत्रकारहरुले समेत सहयोग गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रदेश नम्बर ५ सरकारले बाँकेमा मानसिक सन्तुलन गुमाएका र बेसहारा नागरिकहरुलाई उद्धार गरेर राख्नका लागि चालु आर्थिक बर्षमा भवन निर्माण गर्न ५ करोड रुपैयाँ समेत छुट्याएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *