कारागार भित्रै साक्षर बन्दै कैदीबन्दी

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, ११ पुस | कारागारलाई सुधार गृहकारुपमा विकास गर्न घोराही कारागारका कैदीबन्दीलाई शिक्षा दिन थालिएको छ । विभिन्न मुद्धामा कारागारमा बस्दै आएका कैदीबन्दीलाई नैतिक र असल चालचलन सँगै सामाजिक शिक्षा दिन थालिएको कारागार प्रशासनले जनाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कारागार भित्रै ति कैदीबन्दीहरुलाई ज्ञानज्योती स्कुल सञ्चालन गरेर शिक्षा दिन थालिएको जेलर बिष्णु पाण्डेले जानकारी दिनुभयो । विषेश गरी निरिक्षर कैदीबन्दीहरुलाई साक्षर बनाउने र सोचमा सुधार ल्याउनका लागि शिक्षा दिन थालिएको उहाको भनाई छ । कैदिबन्दीहरुको माग अनुसार अंग्रेजी भाषामा समेत कक्षा सञ्चालन थालिएको छ ।

कम्तीका कक्षा १२ पास गरेका र राम्रो आचारण भएका कैदीबाटै छनोट गरेर शिक्षा दिन थालिएको हो । पढाउने कैदी शिक्षकलाई पारिश्रमिक नभए पनि मासिक ५ दिन कैद मिनाहको व्यवस्था रहेको जेलर पाण्डेले जानकारी दिनुभयो । कारागारमा करिब २० जना कैदीबन्दीले साँझ बिहान गरी ४ घण्टा अध्ययन गरिरहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *