ट्राफिक नियम पालनामा चालकको अटेरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ पुस | दाङमा ट्राफिक नियम पालनामा अधिकांश चालकको अटेरपन देखिएको छ । दुर्घटना न्युनिकरणका लागि ट्राफिक प्रहरीले चेकिङमा कडाई गरेपनि नियमविपरित सवारी चलाउनेको संख्यामा कमि आउन सकेको छैन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा चालुआर्थिक वर्ष २०७६÷२०७७ मात्रै ट्राफिक नियम पालना नगर्ने झण्डै २० हजार बढी सवारी चालक कार्बाहीमा परेका छन् । चालुवर्षमा नियमविपरित सवारी चलाउने २० हजार ३ सय सवारी चालक कार्बाहीमा परेको जिल्ला ट्राफिक कार्यालय दाङका प्रमुख प्रेमप्रसाद रेग्मीले जानकारी दिनुभयो ।

चालकले ट्राफिक नियमको पालना नगर्दा सवारी दुर्घटना बढ्न थालेको उहाँले बताउनुभयो । सवारी चालकको अटेरीका कारण दुर्घटना न्युनिकरण गर्न नसकिएको प्रमुख रेग्मीले बताउनुभयो । दुर्घटनको प्रमुख कारण चालकको लापरबाहीसंगै सडक संरचना, अस्तव्यस्त बजार, भौगोलिक बनावट लगायतका रहेको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबिच नियमविपरित सवारी चलाउने चालकबाट ट्राफिक प्रहरीले चालुवर्षमा १ करोड, ५५ लाख ७५ हजार राजश्व संकलन गरेको छ । गतवर्षको वर्षदिनभरीको भन्दा यसवर्षको पाँच महिनाको अवधिमा झण्डै दोब्बर राजश्व संकलन गरेको प्रमुख रेग्मीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *