राप्ती गाउँपालिका सडक मानव मुक्त बन्दै, ९ जनाको उद्वार

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओमप्रकाश गुप्ता

सिसहनियाँ, ७ पुस । दाङ देउखुरीको राप्ती गाउँपालिका सडक मानव मुक्त बन्दै जान थालेको छ । निलसागर मानव सेवा आश्रम नामक संस्थाले राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा मानव सेवा आश्रम खोलेर अभियानको सुभारम्भ गरेको छ । मानसिक सन्तुलन गुमाएका,असहाय तथा बेसहारा मानिसहरूलाई आश्रममा राखी लालनपालन तथा उपचार गरी पुर्नस्थापना गर्ने उदेश्यले आश्रम खोलिएको आश्रमका दाङ जिल्ला अध्यक्ष प्रकाश विष्टले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अभियानको प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य इन्द्रजित थारुले मानसिक सन्तुलन गुमाएकी एक महिलालाई उद्धार गरी सुभारम्भ गरेका हुन् । गरी अभियानको सुभारम्भ गर्दै प्रदेश सभा सदस्य थारुले मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुले पनि समाजमा योगदान प¥याएको तर विभिन्न कारणले सन्तुलन गुमाएकाले एक सचेत नागरिकको कर्तव्य भएको बताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै निल सागर सेवा आश्रम केन्द्रिय कार्यालयकी संस्थापक अध्यक्ष सरिता खनालले कुनै पनि नागरिक खाना,नाना र छानाबाट बञ्चित हुन नपरोस भन्ने उद्धेश्यका साथ अभियान चलाइएको र त्यसको जिम्मा सरकारले लिनुपर्ने बताएकी छिन् । अभियानको पहिलो दिनमानै ६ जना मानसिक सन्तुलन गुमाएका मानवहरुको उद्धार गरिएको छ । राप्ती गाउँपालिका १ भालुवाङ पुल्चोकबाट १ जना गर्भवती महिला सहित २ महिला, भारतीय मुलका २ पुरुष गरी ४ जना र सिसहनियाँ क्षेत्रबाट ३ जना र लमही क्षेत्रबाट २ महिला १ पुरूष गरी मानसिक सन्तुलन गुमाएका ९ मानवहरुको उद्धार गरी आश्रममा राखिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उद्धार कार्यमा प्रदेश सांसद इन्द्रजित थारु, निल सागर सेवा आश्रम केन्द्रिय कार्यालयकी संस्थापक अध्यक्ष सरिता खनाल, उपाध्यक्ष नारायण(अमन) निलसागर,म्यानेजर सिमा चौधरी,अभियान्ता सुस्मिता पौडेल, निल सागर सेवा आश्रम दाङका अध्यक्ष प्रकाश विष्ट,पत्रकार ओमप्रकाश गुप्ता,सरक्षाकर्मी,जनप्रतिनीधि,व्यापारी लगायतको सहभागिता रहेको थियो । आश्रममा १० वटा कोठा रहेको छ जसमा १५ वेड,२ वटा शौचालय, खानेपानी धारा, भान्सा सहित सुविधा सम्पन्न आश्रम रहेको छ । आश्रममा रहेका मानवहरुलाई सन्तुलित भोजन, नियमित सरसफाई,मनोरञ्जन,परामर्श र उपचार सेवा हुँदै आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आश्रममा सहयोग जुट्ने क्रम पनि जारी रहेको छ । यसै क्रममा राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर बजारमा रहेको गणपति हार्डवेयर्सका संचालक हिमलाल रोकायबाट ३ वटा बेड,राप्ती गाउँपालिका ५ सिसहनियाँ निवासी मदन पोख्रेल र तिलक पोख्रेलबाट ग्याँस चुलो र सिलिण्डर ,राप्ती गाउँपालिका ८ पिपरी स्थित गृहलक्ष्मी भाडा पसलका संचालक शिवाकर चौधरी र उनकी जीवन साथी संगिता चौधरीले आवश्यक पर्ने भाँडाहरु,सिसहनियाँ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष तथा स्वास्थ्य शिक्षा सचेतना सामुदायिक स्वास्थ्य संस्थाका सल्लाहकार तथा माण्डवी हार्डवेयर्सका संचालक पुर्णबहादुर बुढाथोकीले सुत्ने बेडका लागि लागि आबश्यक पर्ने ३० हजार बराबरको प्लाइ र राप्ती गाउँपालिका–५ निवासी राजु चौधरीबाट १० वटा न्यानो सिरक, राप्ती गाउँपालिका वडा नम्बर ८ निवासी समिक्षा स्टिल फर्निचर एण्ड प्लाष्टिक वयर्सका संचालक गोपाल खत्रीले जाडोमा ओछ्याउने म्याट र कुर्सीे आश्रमलाई सहयोग गरेको आश्रमका दाङ जिल्ला संयोजक प्रकाश विष्टले जानकारी दिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *