काल बन्दै पोखरी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, ७ पुस | दाङमा पानीमा डुबेर मृत्यु हुनेको संख्या थपिदै गएको छ । बालकदेखि वृद्ध नागरिकको पानीमा डुबेर मृत्यु हुनेको संख्या वर्षेणी थपिन थालेको हो । बालबालिकाहरु खेल्ने क्रममा र ठूला व्यक्तिहरु बगेर, पौडी खेल्दा, नुहाउने क्रममा पानीमा डुबेर मृत्यु हुँदै आएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

तीन वर्षमा २३ पुरुष र १३ महिला गरी ३६ जनाको पानीमा डुबेर अकालमै मृत्यु भएको जिल्ला आपतकालिन कार्य संचालन केन्द्रका सूचना अधिकृत खिलानाथ दाहालले बताउनुभयो ।

२०७३ सालमा ८, २०७४ सालमा ३, २०७५ सालमा १४ र २०७६ सालमा ११ गरी ३६ जनाको पानीमा डुबेर मृत्यु भएको छ । केही हेलचेक्राँई गर्दा डुबेर मर्ने गरेका छन भने केही अज्ञानता, पौडिन नसक्दाका कारणले मृत्युवरण गर्दै आएका छन् । घोराही उपमहानगरपालिका १ अठ्ठाईसेको किचेनी दहमा डुबेर हिजोमात्रै दुई बालकको मृत्यु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानिय भुपेन्द्र घर्तीका साढे २ बर्षिय छोरा युवराज घर्ती र बुद्धीराम घर्तीको ४ बर्षिय छोरा समिर घर्तीको पानीमा डुबेर मृत्युभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *