दाङमा भ्रमण वर्ष सन् २०२०को खाका तयार

Blog Post Ad Blog Post Ad Blog Post Ad

रीता लामा
दाङ,७ पौष | दाङमा नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरेर बार्षिक कार्यतालिका तयार भएको छ । जिल्ला स्तरिय पर्यटन प्रवद्र्धन समिति दाङले वार्षिक कार्यक्रमको सोलोडोलो खाका तयार गरेको हो । जस अन्तरगत पर्यटन बर्षको सुभारम्भ घोराहीको बारकुने दह क्षेत्रमा गरिने मुल आयोजक समितीका संयोजक श्रीधर शर्मा पौडेलले जानकारी दिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

पौष १६ गते हुने सुभारम्भ कार्यक्रमलाई भव्य बनाउनको लागि समितिले उद्घाटन पुर्व अतिथिहरु मौलाकोट, ज्यामिरेदह र नमछुुः बौद्ध गुम्बा अवलोकन भ्रमण गराउने, बराह क्षेत्रको परिसरमा साँस्कृतिक झाँकी सहितको र्याली निकाल्ने कार्यक्रम रहेको छ । उपप्रमुख शर्माले दिएको जानकारी अनुसार उद्घाटनलाई भव्य बनाउन दाङको साँस्कृतिक विविधता झल्कीने जातिय, सामुुदायिक परम्परागत नाँचहरुको प्रस्तुती र प्रतियोगिता समेत गर्ने तयारी गरिएको छ ।


‘दाङमा प्रचलनमा रहेको मगरजातीको भुम्या नाँच, सरङ्या नाँच, गुरुङ जातिको घाँटुु नाँच, डगौरा थारु जातीको सख्या पैया, मघौटानाँच, बर्का नाँच, सरायनाँच, नेवार तथा अन्य समुुदायको लाखे नाँच, देउखरीका थारु जातीको झुुमरा, बर्का, अवधी समुदायको फरसैहिया नाँच र अन्य समुुदायको सोरठ्ठी–कृष्णचरित्र लगायतका नाचहरु देखाउने छौ ।’ उनले भने ‘भ्रमण बर्षको अवसरमा जिल्लाका १० वटै पालिकाहरुमा विभिन्न खाले कार्यक्रम गर्ने समेत कार्यतालिका रहेको छ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपप्रमुख शर्माले दिएको जानकारी अनुसार गढवा गाउँपालिकाको जंगलकुटीमा देउखरीया थारु समुदायमा प्रचलित परम्परागत नाँच, हस्तकला, परिकार आदिको प्रदर्शन गर्ने, मुस्लिम समुदायमा प्रचलित मोहर्रम र ताजियाको वृत्त चित्रनिर्माण गर्ने कार्यक्रम रहेको छ ।

जिल्लाको पहाडी क्षेत्रमा पर्ने बङ्गलाचुली गाउँपालिकाको बोजपोखरा र काँभ्रेमा मन्दिर भ्रमण अवलोकन सहित सोरठी, कृष्ण चरित्र महोत्सव आयोजना गर्ने, राप्तीगाउँपालिकाको राप्ती नदीमा रयाफ्टीङ प्रतियोगीता गर्ने, घोराहीको सवारीकोटमा राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता गर्ने, तुुलसीपुरमा एभरेष्ट नेपाल कल्चर ग्रुुपसँगको सहकार्यमा इन्टरनेशनल फोक फेस्टिवल गर्ने, तुलसीपुरमा जिल्ला स्तरीय पर्यटन मैत्री तालिम सञ्चालन गर्ने, दगीशरण गाउँपालिकामा थारु जातीमा परम्परागत रुपमा प्रचलित काँसमुुज जन्य हस्तकला र थारु लोक चित्रकला तालिम सञ्चालन गर्ने कार्यक्रम रहेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै शान्तिनगर गाउँपालिकामा रहेका सरङ्या र घाँटुु नाँचका दुुइवटा वृत्तचित्र निर्माण गर्ने, बबइगाउँपालिकाको हापुरेमा पश्चिम दाङ साँस्कृतिक महोत्सव गर्ने, राजपुरमा अवधी समुुदायमा प्रचलित परम्परागत नाँच, हस्तकला, परिकार तथा स्थानीय उत्पादनको प्रदर्शनी मुलक अवधी सांस्कृतिक महोत्सव गर्ने कार्यक्रम रहेको छ । नेपालभ्रमण वर्षको समापन स्वरुप टुुर एण्ड ट्राभल एजेन्सीहरुसँगको सहकार्यमा दाङका मुुख्य पर्यटकीय स्थलहरुको भ्रमण अवलोकन सहित रिहार महोत्सव आयोजना गर्ने कार्यक्रम रहेको छ ।

यस्तै दाङमा पहिचान हुन बाँकी पर्यटकिय सम्पादहरुको अध्ययन, अनुुसन्धान गर्ने, अध्ययन भएको सामाग्री पुुस्तक प्रकाशन गर्ने, आवश्यकता हेरी जिल्लाका मठमन्दिर, गुम्बा, मस्जित, थान आदि पर्यटयिक स्थलहरुको सरसफाई, मर्मत र श्रृगारमा सहयोग गर्ने, दाङमा रहेका साँस्कृतिक– जातिय, भाषिक समुदायमा रहेका लोपोन्मूख परम्परागतनाँच, बाजा, पहिरण, परिकार संरक्षणमा सहयोग गर्ने कार्यक्रम पनि रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समितिले तयार पारेको बार्षिक पर्यटन कार्यतालिकामा दाङमा परम्परा देखि चल्दै आएको बाह्रकुुने मेला, पाण्डवेश्वर शिवरात्री मेला, रिहार मेला, चौघेरा पीर स्थापना मेला आदि मेलाजात्राहरुलाई व्यवस्थित गर्ने, मुख्य पर्यटकिय स्थलहरुमा वर्षभरि स्वागत व्यानर राख्ने र अतिथि, उपस्थिति अभिलेख राख्ने व्यवस्था मिलाउने, दाङकामुुख्य सम्पदाहरु प्रस्तुतगर्ने गरी महत्वपूर्ण तीन स्थलहरुमा होर्डिङ बोर्ड राख्ने, सम्पदाहरुको तस्विर राखि ‘तस्विरमा दाङ’ फोटो एल्वम प्रकाशन गर्ने लगायतका पनि रहेका छन् ।

सम्पदाहरुको नेपाली र अंग्रेजी ब्रोसर प्रकाशन गर्ने सम्पदाहरुको तस्विर राखि २०७७ सालको क्यालेण्डर प्रकाशनगर्ने, दाङकामहत्वपुर्ण पर्यटकीयस्थलहरु प्रस्तुत हुने गरी ‘गन्तव्यदाङ’ स्टिकर पोष्टर निर्माण गर्ने, पाण्डवेश्वरदेखि सुुनकोट भगवती मन्दिरसम्मको पर्यटन पदमार्ग निर्माण गर्न श्रम शिविर आयोजना गर्ने भ्रमण वर्ष स्मारक निर्माण गर्ने, भ्रमण वर्ष स्मारिक प्रकाशन गर्ने लगायतका कार्यक्रम रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *