पर्यटन बर्ष सफल बनाउन घोराहीमा छलफल

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पुस ६ । घोराहीमा पर्यटन बर्ष २०२०को अवसरमा छलफल गरिएको छ । जिल्ला समन्वय समितीको आयोजनामा २०२०को कार्यतालिका सार्वजनिक पनि गरिएको थियो । नेपाल भ्रमण बर्ष २०२०को तयारीको लागि जिल्लाका दस वटै पालिकाहरू, सरकारी एवम गैरसरकारी संघसस्थाहरूसंग छलफलकार्यम गरिएको छ ।


जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपलीको अध्यक्षता एवम प्रदेशसभा सदस्य अमरबहादुर डागीको प्रमुख आतिथ्यतामा कार्यत्रम सम्पन्न भएको थियो । कार्यक्रममा समन्वय समितिका उपप्रमुख उपप्रमुख श्रीधर शर्मा पौडेलले बार्षिक कार्यक्रम बारे जानकारी दिएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


कार्यक्रममा घोराही उपमहानगरपालिकाका पर्यटन शाखाका प्रमुख बालकृष्ण खनाल, गडवा गाउँपालिकाका अध्यक्ष सहजराम यादव, दङ्गिशण गाउँपालिकाका भागिराम चौधरी लगायतले भ्रमण बर्षलाई सफल पार्नको लागि सक्दो सहयोग गर्ने बताएका थिए । भने ववई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेलले आफुले पालिकामा आफ्नै तरिकाले कार्यक्रम गर्ने बताएका थिए ।

कार्यक्रममा लमही नगरपालिका प्रमुख जितबहादुर केसीले जिल्लाका सबै पर्यटकिय स्थलमा जोड्ने गीत प्रचारमा ल्याउनु पर्ने बताए । यस्तै अन्य बक्ताहरुले साइकिलिङलाई पनि पर्यटन बर्षसग जोड्नु पर्ने, नयाँ पर्यटकिय गन्तव्यको खोजि गर्नुपर्ने बताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा प्रदेश ५का पर्यटन समन्वय समिति सुन्दर गौतम, थारु कल्याणकारिणीका अध्यक्ष भुवन गौतमले राज्यको समृद्धीको लागि पर्यटन बर्ष सबैले सफल पार्नु पर्ने, धार्मिक, सांस्कृत पर्यटकिय स्थलको प्रवधन सम्वर्धन गर्नु पर्ने बताएका थिए ।

संस्कृतविद् गोविन्द आचार्य, पत्रकार केवि मसाल लगायतले पनि सुझाव दिएका थिए । कार्यक्रमको सहजिकरण प्रेस संयोजक इन्द्र विवश डिसीले गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *