१८ करोड प्रकरण : पाँचजना पूर्पक्षका लागि कारागार चलान

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर, ६ पुस | तत्कालिन देव: बिकास बैंक (वेयष्टर्न डेभलपमेन्ट बैंक) नारायणपुर शाखाबाट भएको १८ करोड रुपैयाँ ३ लाख ७२ हजार रुपैयाँ हिनामिना प्रकरणमा उच्च अदालत तुलसीपुर ३३ जनाको बयान लिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बयान लिएका मध्य ५ जना पूर्पक्षका लागि कारागार चलान, ५ जना साधारण तारेखमा र अन्य २३ जना धरौटीमा छुटेका छन् । उच्च अदालतका शाखा अधिकृत मानवहादुर विष्टका अनुसार बैंक सञ्चालक समितिका अध्यक्ष, सदस्य सहित खातावाल गरि २३ जना भने धरौटीमा छुटेका छन् ।

समितिका अध्यक्ष सहित केही सदस्यहरु अदालतले आदेश दिएपछि उपस्थित भई बयान दिई धरौटी तिरेर छुटेका छन् । अध्यक्ष सहित चार जना सदस्यहरु जनही १२÷१२ लाख रुपैयाँ धरौटी तिरेर तारेखमा छुटेका शाखा अधिकृत विष्टले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

गएको कार्तिक ३ गते सरकारी वकिल कार्यालय दाङले रकम हिनामिनामा बैंक सञ्चालक, कर्मचारी र खातावाल गरी ५६ जना बिरुद्ध उच्च अदालत तुलसीपुरमा मुद्धा दायर गरेको थियो । अझै २३ जना व्यक्तिहरु फरार सूचिमा रहेका छन् ।

यसैविच पूर्पक्षका लागि कारागार चलान भएकाहरुले उच्च अदालतको आदेश बिरुद्ध सर्वोच्च अदालतमा निबेदन दिएका छन् । उच्च अदालतले नियम विपरित आफुहरुलाई हिरासतमा राख्ने गरी फैसला गरेको र धरौटी या साधारण तारेखमा छोड्नु पर्ने माग दावी गर्दै सर्वोच्चमा निबेदन दिएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *