दाङमा पर्यटन बर्षको तयारी

Blog Post Ad Blog Post Ad Blog Post Ad

रीता लामा
दाङ,६ पौष | दाङमा विशेष गरी धार्मिक, ऐतिहासिक र प्राकृतिक पर्यटकिय स्थल छन् । पछिल्लो समय दाङको धार्मिक पर्यटकिय स्थलसँगसँगै प्राकृतिक पर्यटकिय स्थलमा समेत आन्तरिक तथा बाह्य पर्यटकहरुको भिड लाग्ने गरेको छ ।  दाङको घोराहीमा रहेको पाण्डवेश्वर मन्दिर, अम्बिकेश्वरी मन्दिर, बराह मन्दिर, बगारवावा धार्मिक स्थल, गोरक्षरत्ननाथ क्षेत्र, रिहार धाम लगायतका ठाउँहरु धार्मिक पर्यटक धेरै भित्रिने स्थानहरु हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै पुन्धाराको झरना, जखेडा ताल, चमेरे गुफा, घोडदौरा, सवारीकोट, मौलाकोट, छिल्लीकोट, ज्यामिरे ताल लगायतका क्षेत्रहरु प्राकृतिक पर्यटकिय स्थलहरु हुन् । जहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु घुम्न, हेर्न, रमाइलो गर्नको लागि आउने गर्दछन् । ती क्षेत्रमा विदा वा शनिवारको दिनमा घुम्न जाने, फोटो खिच्ने, पिकनिक जानेहरुको घुइचो नै लाग्ने गर्दछ ।


पछिल्लो समय दंगिशरणमा रहेको थारु संग्रालय, घोराहीमा रहेको थारु ग्राम, गडवामा रहेको अवधी ग्राम, घोराही सवारीकोटमा रहको मगरग्राम लगायतका ठाउँमा समेत अवलोकन गर्नेहरुको घुइचो लाग्ने गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने तयारी गरेको छ । सोही अनुरुप जिल्लाहरुमा समेत त्यसको भव्य तयारी हुन थालको छ । दाङमा पर्यटन वर्ष २०२० लाई भव्य रुपमा मनाउने तयारी गरिएको जिल्ला पर्यटन प्रर्वद्धन समिति दाङले जनाएको छ ।

सन् २०२० जनवरी १ तारिक अर्थात पुस १६ गते घोराही उपमहानगरपालिका वडा नम्वर १३ बाह्कुने दहमा आपौचारीक कार्यक्रम गरी भ्रमण वर्षको शुभारम्भ गरीने जिल्ला पर्यटन पर्वद्धन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले जानकारी दिए । त्यसैगरी पर्यटन वर्षलाई वर्ष दिन भरि भब्य रुपमा मनाउन जिल्ला तहमा २१ सदस्यीय समिति गठन गरीएको समेत उनले बताए ।
साथै दाङका १० वटै पालिकामा पालिका स्तरका समिति गठन समेत गरीने उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यसैबीच आइतवार घोराहीमा १० वटै पालिकाका प्रमुखहरुको बैठक बसेर भ्रमण बर्षको लागि के कस्ता क्षेत्रलाई गन्तव्य तोक्ने भन्ने विषयमा छलफल गरिने प्रमुख नेपालीको भनाई छ ।

जिल्लामा धेरै भन्दा धेरै पर्यटक भित्राउने गरेर काम अघि बढेको समेत बताए । समितिका सदस्य श्रीधर पौडेलले भ्रमण वर्षको कार्यक्रममा भ्रमण वर्षको उद्घाटनलाई सफल पार्नको लागि झाँकी सहितको र्याली निकाल्ने, जिल्ला र जिल्ला बाहिरबाट पाहुनाहरु बोलाउने लगायतका कार्यक्रम रहेको बताए । र अन्य गतिविधि पनि जिल्लाभर वर्षभरी नै हुने उनले जानकारी दिए । उनले स्थानीयतहसँग समन्वय गरेर क्लालेण्डर निर्माणको काम गर्ने तयारीमा आफुहरु रहेको बताए । ‘जिल्लामा के कति पर्यटकिय स्थल छन् । र त्यसको बारेमा पर्यटकलाई जानकारी दिनको लागि प्रचाप्रसारमा समेत जुटेका छौ ।’ उनले भने ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यसैगरी भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन र दाङका सम्पदाहरुको प्रचारप्रसारका लागि दाङमा बस व्यवसायीहरुले पहल थालेका छन् ।

त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालीले दाङका पर्यटकिय सम्पदा सहितको पोष्टर बनाएर बसहरुमा टाँस्न शुरु गरेको छ । दाङ देउखुरी घुम्न जाऔँ भन्ने अभियानको पोष्टरहरु बसमा टासी शुरु गरेको प्रालीका अध्यक्ष सुरेश हमालले बताए । दाङका प्राकृतिक, सांस्कृती, कृत्रिम पर्यटकिय स्थलहरु सहितको पोष्टर बनाएर प्रत्येक बसमा टाँसिएको उनले बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

थारू समुदायको ठूलो पर्व माघ नजिकिदै गर्दा थारू बाहुल क्षेत्रहरुमा माघ कार्यक्रमका लागि तयारी तिब्र पारिएको छ। यस्तै बिगतका वर्षहरुमा जस्तै दाङमा यस वर्ष पनि दुई दिन माघ महोत्सव हुने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *