दाङकाे १ हजार ३ सय घरधुरीमा एकैपटक बिजुली बल्यो…

दाङ, पुस ४ । दाङको सदरमुकाम घोराहीसँगै जोडिएको घोराही उपमहानगरपालिका १९ को सैघामा बुधबार बिजुली बत्ती पुगेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बजारको नजिकै भएर पनि भूगोलको हिसाबले दुर्गमसँगै विकासमा पछि परेको पहिलेको सैघा गाविस घोराही उपमहानगरपालिकामा गाभिएपछि उपमहानगरको पहलमा बिजुली पुगेको हो ।

सैघाको लाखुरी बजारमा बुधबार एक कार्यक्रमको आयोजना गरी घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले स्विच अन गरेर बिजुली बत्तीको उद्घाटन गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही बजारबाट ४ वटा सडकले सैघालाई जोड्न सफल भएको र अहिले बिजुली विस्तार पनि भएको भन्दै अब विकट सैघा सुगमताको निकट भएको प्रमुख चौधरीले उल्लेख गर्नुभयो । सरकारले विकासका पूर्वाधारहरु तयार पारेको र अब सैघाका नागरिकहरु उत्पादनसँग जोडिएर सेवा लिन अग्रसर हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।

सडक र बिजुली पुगेपछि सैघाका नागरिकहरु निकै खुशी भएका छन् । मोटरबाटो पुगेपछि सहज यातायातको पहुँच भएको छ भने बिजुली पुगेपछि टुकी र सोलार पनि विस्थापित हुने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

१९ वटा टोल रहेको सैघाका १ हजार ३ सय ५० घरधुरीमा बुधबार एकैपटक बिजुली बत्ती बालिएको घोराही उपमहानगरपालिकाका सञ्चार संयोजक निमुसङगम घर्तिले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *