अमेरिकाबाट विमान चार्टर गरेर फर्काइयो पाँच नेपाली

काठमाण्डौ, पुस ४ । अमेरिकाको सपना देखि करोडौं खर्च गरेर अवैध बाटो हुदैं अमेरिका पुगेका पाँच नेपालीलाई स्वदेश र्फकाईएको छ । अमेरिका–मेक्सिको सीमामा विभिन्न समयमा पक्राउ परेका उनीहरूलाई जेल सजायपछि निष्कासन गरी अमेरिकाले विमान नै चार्टर गरी नेपाल ल्याएर छाडिदिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

बुधबार दिउँसो नेपाल अवतरण गराइएका उनीहरू रुकुम, दाङ, बाग्लुङ र नवलपरासीका रहेको बताइएको छ । करोडौं खर्च गरी अमेरिका पुगेका उनीहरुलाई विमानमा रहदाको समयमा हत्कडी लगाइएको थियो ।  काठमाण्डु आए उनीहरु घर जाने समेत पैसा नभएर प्रहरीले नै बस भाडा दिई घर पठाएको थियो । अमेरिकाबाट उडेको १३ सिटे चार्टर विमानमा पाँच नेपाली र तीन पाकिस्तानी नागरिक थिए । तीन पाकिस्तानीलाई उनीहरूको देशमा छाडेपछि नेपाली लिएर विमान काठमाण्डु आएको हो ।

उनीहरूलाई लिन मानव बेचबिखन नियन्त्रण ब्युरोका प्रहरी अधिकारीहरू विमानस्थल पुगेका थिए ।एक युवा विद्यार्थी भिसामा अमेरिका पुगेको खुलेको छ । रुकुमका एक युवाले अमेरिका जाँदा र त्यहाँ मुद्दा लड्दा करिब एक करोड सकिएको बताए । मुद्दा लडिरहेकै बेला अर्को व्यक्तिको नाममा ट्राभल डकुमेन्ट बनाएर नेपाल फकाईएको उनले बताए । अरु तीन युवा मानव तस्कर समूहको पछि लागेर मेक्सिको हुँदै अमेरिका छिर्न खोज्ने क्रममा पक्राउ परेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उनीहरूको प्रतिव्यक्ति करिब ५० लाख खर्च भएको छ ।‘मेक्सिकोमा पक्राउ परे सबै पैसा फिर्ता गर्छौ भनेका थिए,’ नेपाल फर्किएपछि बुधबार ब्यूरोका प्रहरीसँग उनीहरूले भने, ‘बोर्डरमा पक्राउ परेकाले सबै पैसा डुब्यो ।’ उनीहरू सात महिना लगाएर अमेरिकाको बोर्डरमा पुगेका थिए । उनीहरूसँग छलफल गरेर अनुसन्धान थालिएको ब्यूरोका डिएसपी नरहरी रेग्मीले बताए । युवाले अमेरिका लैजाने समूहबारे भने बताउन चाहेनन् ।

अमेरिकाले अवैध आप्रवासीलाई प्लेन चार्टर गरी नेपालमै ल्याएर छाडिदिएको दोस्रो पटक हो । गत वर्ष पनि यसैगरी नेपाल ल्याएर छाडिदिएको ब्यूरोका डिएसपी रेग्मीले बताए । दलालको पछि लागेर अमेरिका छिर्न खोज्दा पक्राउ परेका एक हजार भन्दा धेरै नेपालीहरू अहिले पनि अमेरिकी जेलमा छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अमेरिका छिर्न हिँडेका १० हजार नेपाली बाटोमा
अवैध बाटो हुँदै अमेरिका छिर्न खोज्ने नेपालीहरूको संख्या बढ्दै गएको छ । मानव बेचबिखनमा अनुसन्धान ब्यूरोका प्रहरी अधिकारीका अनुसार अमेरिका छिर्ने सपनामा अहिले करिब १० हजार नेपाली विभिन्न देशमा छन् । त्यसरी जानेमध्ये धेरैजसो मेक्सिको–अमेरिकाको सीमामा पक्राउ पर्छन् भने कतिपय अन्य देशबाटै अलपत्र परेर फर्कने गरेका छन् ।

‘अमेरिका जाने सपनामा अहिले ८ देखि १० हजार नेपाली बाटोमा रहेको हाम्रो अनुमान छ,’ ब्यूरोका प्रमुख एसएसपी ईश्वरबाबु कार्की भन्छन्, ‘अमेरिका जान एक व्यक्तिले कम्तीमा २० लाख रुपैयाँ खर्च गरेका हुन्छन् ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

पछिल्लो समय अमेरिका लैजाने रुट इन्डोनेसिया र इथियोपिया बनिरहेको छ । ती देशले नेपालीलाई अन अराइभल भिसा दिने भएकाले ट्रान्जिट बनाइने गरिएको हो । त्यसपछि दक्षिण अमेरिकी देश बोलिभिया, कोलम्बिया, पानामा, ग्वाटेमाला, मेक्सिको हुँदै अमेरिका पठाइने गरिएको छ ।

अमेरिका जान खोज्दा अलपत्र पर्नेहरूमा रुकुमका धेरै छन् । त्यस्तै दाङ, बाग्लुङ, म्यादी र पर्वतका पनि धेरै रहेको डिएसपी रेग्मीले बताए । विगतमा ती जिल्लामा अवैध बाटो हुँदै अमेरिका पुगेको र त्यही आधारमा अन्य युवा समेत घरजग्गा धितो राखेर ऋण निकाली अमेरिका जाने सपनामा बिचल्लीमा परेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति भएयता मेक्सिकोको सीमामा कडाई गरिएको छ । जसकारण अमेरिका छिर्न खोज्नेहरू ९५ प्रतिशत पक्राउ पर्ने गरेका छन् । पक्राउ गरेर त्यहाँको अध्यागमनले उनीहरूविरुद्ध मुद्दा चलाउने गर्छ । मुद्दा जित्ने सम्भावना निकै कम हुन्छ । त्यसपछि अमेरिकाले उनीहरूलाई सम्बन्धित देशमा निस्कासन गर्छ । अवैध आप्रवासीलाई नियन्त्रण गर्न ट्रम्पले होमल्याण्ड सेक्युरिटी अन्र्तगत इमिग्रेसन एण्ड कस्टर्म इन्फोर्समेन्ट(इसीइ) नामक छुट्टै संयन्त्र बनाएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *