दाङमा पर्यटन वर्षको रौनक शुरू

दाङ, पुस ४ । दाङमा पर्यटन वर्ष २०२० लाई भब्य रुपमा मनाउने तयारी गरिएको छ। जिल्ला पर्यटन पर्बद्धन समिति दाङले बिहीबार तुलसीपुरमा पत्रकार सम्मेलनको आयोजना गरी पर्यटन बर्षको तयारीका बारेमा जानकारी गराएको हो।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सन् २०२० जनवरी १ तारिक अर्थात पुस १६ गते घोराही उपमहानगरपालिका वडा नम्वर १३ बाह्कुने दहमा आपौचारीक कार्यक्रम गरी भ्रमण वर्षको शुभारम्भ गरीने जिल्ला पर्यटन पर्वद्धन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले बताए। त्यसैगरी पर्यटन वर्षलाई वर्ष दिन भरि भब्य रुपमा मनाउन जिल्ला तहमा २१ सदस्यीय समिति गठन गरीएको समेत उनले बताए।

साथै दाङका १० वटै पालिकामा पालिका स्तरका समिति गठन समेत गरीने उनले बताए। त्यसैगरी प्रमुख नेपालीले भ्रमण वर्षका कार्यहरुलाई नागरिक समक्ष पुराएर सहयोग गरिदन पत्रकारहरुलाई आग्रह गरे । ‘प्रचारको मुख्य काम तपाईहरुको हो, उनले भने, ‘त्यो अुनसार यहाँहरु र हामी यो अभियानमा सगै हुने छौ।’ नेपालीले भने।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा धेरै भन्दा धेरै पर्यटक भित्राउने गरेर काम अघि बढेको समेत बताए। कार्यक्रममा समितिका सदस्य श्रीधर पौडेलले भ्रमण वर्षको कार्यक्रममा भ्रमण वर्षको उद्घाटन पुस १६ गते घोराही उपमहानगरपालिका १३ को बराह क्षेत्रबाट उद्घाटन गर्ने र अन्य गतिविधि पनि जिल्लाभर वर्षभरी नै हुने बताए। उनले स्थानीयतहसँग समन्वय गरेर क्लालेण्डर निर्माणको काम गर्ने समेत बताए। त्यसैगरी भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन र दाङका सम्पदाहरुको प्रचार प्रसारका लागि दाङमा बस व्यवसायीहरुले पहल थालेका छन्।

त्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रालीले दाङका पर्यटकिय सम्पदा सहितको पोष्टर बनाएर बसहरुमा टाँस्न शुरु गरेको छ। दाङ देउखुरी घुम्न जाऔँ भन्ने अभियानको पोष्टरहरु बसमा टासी शुरु गरेको प्रालीका अध्यक्ष सुरेश हमालले बताए । दाङका प्राकृतिक, सांस्कृती, कृत्रिम पर्यटकिय स्थलहरु सहितको पोष्टर बनाएर प्रत्येक बसमा टाँसिएको उनले बताए।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *