सवारी चालकले नै दुर्घटना रोक्न सक्ने निष्कर्श : दुर्घटनामा दैनिक सात जनाको मृत्यु

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, १ पुष | सवारी साधन चलाउँदा चालकहरु नै बढि जिम्मेवार हुनुपर्ने ट्राफिक प्रहरीले बताएको छ । प्राय: दुर्घटना सवारी चालकको लापरवाहिका कारणले हुने भएकाले यो कुरामा सवारी चालक नै गम्भिर हुनुपर्नेमा जोड दिइएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सवारी दुर्घटनाका कारण एक दिनमै सात जनाको मृत्यु हुने गरेको छ । यो अनुसार वर्षमा कम्तिामा २५ सय ५५ जनाले ज्यान गुमाउने गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलका अनुसार दुर्घटना रोक्न चालकहरुले तिव्र गतिमा सवारी नचलाउने, नयाँ रुटमा जाँदा सावधानी अपनाउनुपर्छ । साथै चालकले कुनै पनि ठाउँमा रोडको संरचनाको बारेमा पनि जानकारी लिनु आवश्यक छ ।

यातायात व्यवस्था विभागका अनुसार मुलुकभरमा सवारी साधनको सङ्ख्या १७ लाख भन्दा धेरै छ । सवारी साधनको व्यवस्थापन र नियमको पालना गराउन ट्राफिक प्रहरीको भूमिका महत्वूर्पण पनि उत्तिकै महत्वपूर्ण छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

मादक पदार्थ सेवन नगर्ने, एकअर्कालाई उछिन्न नखोज्ने हो भने दुर्घटना कम हुनसक्छ । सवारी साधन चल्नुभन्दा अगाडि अवस्था कस्तो छ ? भन्ने जाँच गर्ने हो भने पनि दुर्घटना कम हुने चालकहरुको भनाई छ । सवारी साधनको अवस्थाको बारेमा जानकारी लिने र जाँच गर्ने प्रावधान नभएकाले पनि सवारी दुर्घटना बढ्ने गरेको चालकहरु बताउँछन् ।

ट्राफिक प्रहरी निर्देशनालयका अनुसार नेपालमा दैनिक ७ जनाको सवारीसाधन दुर्घटनामा मृत्यु हुने गरेको छ । ट्राफिक प्रहरीको विस्तार र जाँचमा कडाइ गर्ने हो भने चालक र सवारीसाधन धनीले मनपरी गर्न पाउँदैनन् । तर मिलेमतोमा लाइसेन्स बनाउने, जथाभावी गुड्न दिने, जाँच नगर्ने प्रवृत्ति नरोकी यात्रुको सुरक्षा हुन नसक्ने यात्रुहरुको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *