आप्रवासी कामदार दिवस : स्वदेशमै रोजगारीको माग

Blog Post Ad Blog Post Ad Blog Post Ad

यमकला भुसाल

तुलसीपुर, पौष १ । अन्तरराष्ट्रिय आप्रवासी कामदार दिवस दाङ सहित नेपालमा पनि मनाईएको छ । दाङको तुलसीपुरमा दिवसको अबसरमा आयोजना गरिएको कार्यक्रममा स्वदेशमै रोजगारीको सिर्जना गर्न दवाव दिदै युवाहरुले आप्रवासी कामदार दिवस मनाएका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आर्थिक वर्ष २०७६÷०७७ देखि २०८०÷८१ को आधारपत्र अनुसार नेपालमा वार्षिक करिब ५ लाख थप जनशक्त श्रम बजारमा प्रबेश गर्दछन् । त्यस्तै आर्थिक वर्ष २०५०÷ देखि २०७४÷०७५ सम्म बैदेशिक रोजगारमा गएका सङ्ख्याहरुमा पुरुष ४८ लाख ६९ हजार ४ सय ५४ जना र महिलाहरु १ लाख ९९ हजार ९ सय ५१ जना छन । हरेक वर्ष यो दिवस मनाइए पनि नेपालबाट वैदेशिक रोजगारीमा जाने आप्रवासी कामदारले विदेशमा भोग्नुपरेका समस्या समाधानतर्फ भने ठोस पहल हुन सकिरहेको छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

न्यायमा पहुँच नहुनु, तोकिएको ज्याला नपाउनु, समयमै ज्याला नपाउनु, श्रम शोषण, यौन शोषण, कामबाट बिनाकारण निकालिनु, घरेलु हिंसा जस्ता समस्या आप्रवासी श्रमिकले भोग्दै आएका छन् । बैदेशिक रोजगारमा गएका पुरुष भन्दा महिला बढी हिंसामा पर्ने गर्दछन । गरिबी, अशिक्षा र स्वदेशी पुँजीको कमीले गर्दा पनि युवामा वैदेशिक रोजगारी नै पहिलो रोजाइको विषय बनेको देखिन्छ । नमुना युवा संसद तुलसीपुर उपमहानगरपालिकाको आयोजना तथा ओरेक दाङको सहकार्यमा आप्रवासी कामदारको अवस्था र चुनौतीमा सरोकारवालाहरुको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा बोल्ने बक्ताहरुले पछिल्लो समय रोजगारका लागी बिदेश जाने नेपाली कामदारको अवस्था दयनिय रहेको बताएका छन् । उनीहरुले बैदेशिक रोजगारको समस्या समाधान गर्न युवाहरुका लागी स्थानिय सरकारले स्वदेशमै रोजगारीको व्यवस्था गर्नुपर्ने बताए । कार्यक्रममा बोल्दै नमुना युवा संसद तुलसीपुरका राष्ट्रपती मदन भुसालले तुलसीपुर उपमहानगरपालिकाले युवाहरुलाई बेवास्ता गरेको भन्दै गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय स्तरमा युवाहरुको क्षमता बृद्धिका लागि कार्यक्रम गर्न उपमहानगरपालिकामा पटक पटक धायौ तर उपमहानगरपालिकाले कुनै सहयोग गरेन, अहिले अन्य सघं सस्थाको सहयोगमा नमुना युवा संसदका युवाहरुले विभिन्न कार्यक्रमहरु गर्दे आएका छौँ ।’

बेरोजगारकै कारण वैदेशिक रोजगारीमा जाने युवाहरुलाई बढ्दै गएको भन्दै उहाँले अब विदेश पलायन हुने युवाहरुलाई रोक्न स्थानीय सरकार गम्भिर हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा ओरेक दाङका सयोजंक ईश्वरी थापाले बैदेशिक रोजगारीका लागी बिदेशमा जाने ९५ प्रतिशत महिलाहरु हिंसाको जोखिममा पर्ने गरेको बताउनुभयो । जसमध्ये कम्पनीहरुमा भन्दा घरेलु कामका लागी जाने महिला बढी असुरिक्षत हुने गरेको उहाँको भनाई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नमुना युवा संसदका सभामुख नवराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलसीपुर उपमहानगरपालिकाका कार्यबहाक प्रमुख सुर्यबहादुर डाँगीले युवाहरुको आर्थिक समृद्धिलाई जोड दिदै उपमहानगरपालिकाले तुलसीपुर विकास बोर्ड स्थापना गर्न लागेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘युवाहरुको समृद्धिका लागी उपमहानगरपालिकाले खेल्न सक्ने भुमिका खेलिरहेको छ, अब छिट्ै विकास बोर्ड स्थापना गर्दै छ ।’ उहाँले आफ्नो देशको कामलाई सम्मान गर्दे नेपालमै बसेर रोजगार गर्न युवाहरुलाई आग्रह समेत गर्नुभयो ।

त्यस्तै महिला मानव अधिकार रक्षक सञ्जाल दाङका पुर्व अध्यक्ष सुस्मा गिरीले बैदेशिक रोजगारमा जाने व्यक्तिलाई जान नदिन स्वदेशमै रोजगारीको व्यवस्था गरिदिनुपर्नेमा दिनुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख ओमप्रकाश न्यौपाने, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक चक्रबहादुर डम्मरपाल, महिला मानव अधिकार रक्षक सञ्जाल दाङका सचिव पद्यमा चौधरी, तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका शाखा अधिकृत माया श्रेष्ठ, सिंड सस्थाका कार्यक्रम सयोजंक माधव चौधरी लगाएतले श्रम प्रतिको दृष्टिकोण परिबर्तन गर्नुपर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

ओरेक दाङका कार्यक्रम अधिकृत दिपा धितालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कल्पना चौधरीले गर्नुभएको थियो ।

सन् १९९० मा संयुक्त राष्ट्रसंघले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षण सम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै हरेक वर्ष डिसेम्बर १८ का दिनलाई विश्वभर आप्रवासी दिवसका रूपमा मनाउने गरिन्छ । सुरक्षित बैदेशिक रोजगारीका लागि सरोकारवालाहरुमा सचेतना अभिबृद्धि गर्ने उद्देश्यले विगतका वर्षहरु जस्तै यस वर्ष पनि देशैभर विभिन्न कार्यक्रमहरु गरि दिवस मनाइएको छ । विश्वव्यापी रुपमा नेपालका १ करोड १५ लाख भन्दा बढी अन्तराष्ट्रिय आप्रवासी श्रमिक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *