घोराहीको सडकमा छैन ट्राफिक नियम : अस्तव्यस्त फुटपाथ, सुध्रिएनन् अटो रिक्सा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, पौष १ । घोराहीको मुटु मानिने तुलसीपुर चौक । जो कुनै यात्रु बस चढ्ने र झर्ने ठाउँ बनेको तुलसीपुर चौक नै छियाछिया बनेको छ । वर्षौदेखि जिर्ण बनेको चौकको सडकले घोराही बजारलाई कुरुप बनाईदिएको छ । उत्तर तर्फको रोड न्यूरोड हो, तर वर्षौ पुरानो जस्तो लाग्छ । सर्वसाधारण हिड्ने फुटपाथ व्यवसायीहरुको अखडा बनेको छ, भने ट्राफिक व्यवस्थापन नहुँदा ज्यान हत्केलामा राखेर सर्वसाधारण हिड्नुपर्ने बाध्यता छ । तुलसीपुर चौकदेखि दक्षिण तर्फको सडक आसपासमा अटो रिक्साको पार्किङ जथाभावि देखिन्छ, र सडक नै कब्जा गरेर बसेका नाङ्ले व्यवसायीहरुलाई कस्ले हटाउने ?

Blog Post Ad Blog Post Ad Blog Post Ad

तुलसीपुर चौकका तरकारी तथा फलफूल व्यवसायी, ठेलाहरुलाई व्यवास्थापन गर्ने भन्दै लाखौँ रुपैया खर्च गरेर घरेलु तथा साना उद्योग कार्यालय अगाडीको खाली जग्गामा व्यवस्था गरिएको थियो । तर तुलसीपुर चौकदेखि त्यहि नयाँ सब्जीमञ्डीसम्मको सडक नै कब्जा गरेर नाङ्लोमा व्यवसाय गर्नेहरु फेरि भरिएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

विद्युत कार्यालय अगाडी देखिएको अव्यवस्थित ट्राफिक व्यवस्थापन र त्यसआसपासमा देखिएको नाङ्ले ब्यापारी, ठेला र जमिनमै पाल विच्छ्याएर गरिदै आएको व्यवसायका कारण बजारको सौन्दर्यतामा ह्रास आएको छ भने सवारी दुर्घटनाको जोखिम बढेको घोराही उपमहानगरपालिका १५ निवासी मानबहादुर रोका क्षेत्रीले बताउनुभयो । ‘जस्ले जहाँबाट बाटो काटे पनि भयो, जस्ले जहाँबाट अटो रिक्सा घुमाए पनि भयो, यहाँ सर्वसाधारणदेखि गाडी चालक कसैलाई ट्राफिक नियमको बारेमा वास्ता छैन ।’ यद्यपी घोराहीका कुनै पनि सडकमा ट्राफिक चिन्हहरु छैनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सडकको फुटपाथ नै कब्जा गरेर व्यवसायीहरुले ब्यापार गर्छन् । त्यस्ता ब्यापार गर्नेहरुमा किराना पसलदेखि फेन्सी, फर्निचर उद्योग देखि मोटरसाईकलका स्वरुम र वर्कसप समेत छन् । पछिल्लो समय सवैभन्दा जोखिम घोराहीको सहिद उमेश मार्ग बनेको छ । अव्यवस्थित पार्किङलाई समाधान गर्नका लागि आफ्नो ध्यानाकर्षण भएको र केहि दिनमा जेव्रा क्रसिङ र लाईनिङ बनाउने तयारीमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रेमकुमार रेग्मीले बताउनुभयो ।

‘घोराहीका सडकहरु मर्मत गर्नुपर्ने भएको छ, त्यो विषयमा उपमहानगरपालिका र सडक डिभिजनलाई थाहा होला, हामीले जहाँ सम्भव हुन्छ, त्यहाँ जेब्रा क्रसिङ र लाईनिङको काम गर्ने योजना छ ।’ रेग्मीले भन्नुभयो, ‘त्यसको लागि केहि दिन भित्र मेसिन आउछ ।’ घोराही बजारका सडकमा सफा गर्ने काम भयो भने ट्राफिक चिन्हहरु राख्ने काम हुने भन्दै अटो व्यवस्थापन नभएसम्म दुर्घटनाको जोखिम भैरहने रेग्मीले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिकाले बजार व्यवस्थापनका लागि भन्दै विभिन्न समितिहरु निर्माण गरेको छ । नगर व्यवस्थापनका लागि अटो व्यवस्थापन समिति, ठेलागाढा व्यवस्थापन समिति, सिंगो बजार व्यवस्थापन समिति र समितिले काम गरे नगरेको बारेमा अनुगमन समितिहरु बनाएर काम अगाडी बढाईएको घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेले जानकारी दिनुभयो ।

तर ती समितिहरुले काम गर्न भने सकेका छैनन् । मान्छे हिड्ने बजारको फुटपाथ ब्यापारीक समानहरु छन्, बजारको क्षमता भन्दा बढि अटो रिक्साको उचित पार्किङ गर्ने निर्णय कार्यान्वयन हुन सकिरहेको छैन, नाङ्नामा ब्यापार चलाउनेहरुको व्यवस्थापन हुन सकेको छैन भने अहिले पनि विच बजारमा ठेलागाढाहरु चल्ने गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘हामी एक दम निरन्तर लागिरहेका छौँ, फुटपाथबाट समान उठाएर ल्याउछौँ, केहि दिन ठिक हुन्छ, फेरी त्यस्तै देखिन्छ ।’ घोराही उपमहानगरपालिकाको उपमेयर सीता सिग्देल न्यौपानेले भन्नुभयो, ‘लाखौँ रुपैया खर्च गरेर फुटकर ब्यापारीका लागि जग्गा व्यवस्थापन गरियो, त्यहाँ ब्यापारी बस्नै मान्दैनन्, विद्युत अगाडीको रोड पहिले जस्तै भएको छ ।’

नगरको व्यवस्थापन गर्नका लागि उपमहानगरपालिकाले नगर प्रहरीको समेत व्यवस्था गरेको छ । समितिले सोँचे अनुसार काम गर्न नसकेको चर्चा हुने गरेको छ । पछिल्लो समय बढ्दो सवारी साधनको चहलपहल, मानिसहरुको आवतजावत तथा घनत्व र शहरीकरणका कारण बजार व्यस्त बन्दै गैरहेको छ, तर त्यस अनुपातमा हुनुपर्ने व्यवस्थापनको काम भने सन्तोषजनक नभएको पाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *