कतै जग्गा छ, भवन छैन, कतै जग्गा छैन, भवन छ

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, पौष १ | दाङका सात प्रहरी बिट आफ्नै जग्गा हुदा पनि भवन निर्माण हुन सकेका छैनन् । भवन निर्माणका लागि रकमको माग गरे पनि निभर्माण हुन नसकेका हुन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार इलाका प्रहरी कार्यालय कमिरेचौर, प्रहरी चौकी दुईखोली, प्रहरी चौकी पुरन्धारा, प्रहरी चौकी गोवडियाको आफ्नै नाममा जग्गा भए पनि भाडामा सञ्चालन भइरहेका छन् ।

यस्तै प्रहरी चौकी खाद्रे, प्रहरी चौकी हासीपुर र अस्थायी प्रहरी पोष्ट बन्गैको पनि आफ्नो जग्गा छ तर भबन निर्माण हुन सकेको छैन । भवन निर्माण नहुदा भाडामा कार्यालय सञ्चालन भइरहेका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयको भने भवन निर्माण भएर उद्घाटन भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

जिल्लामा रहेका प्रहरीका कार्यालयका नाममा जग्गा भएर पनि भवन निर्माण हुन नसकेको अबस्थामा भने केही कार्यालयहरु भने अर्कैको जग्गामा भवन निर्माण गरेका छन् ।

इलाका प्रहरी कार्यालय खिलतपुर, इलाका प्रहरी कार्यालय नारायणपुर, इलाका प्रहरी कार्यालय फुलबारी, प्रहरी चौकी खाद्रे, प्रहरी चौकी चंगुवा, अस्थायी प्रहरी पोष्ट सर्रा, प्रहरी चौकी जसपुर, प्रहरी चौकी बागर, प्रहरी चौकी सिसहनियाले पनि अर्कैको जग्गामा भवन निर्माण गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै अस्थायी प्रहरी पोष्ट कोठरी, अस्थायी प्रहरी पोष्ट नर्ती, अस्थायी प्रहरी पोष्ट सिरिया नाका, अस्थायी प्रहरी पोष्ट गोठीखोला, अस्थायी प्रहरी पोष्ट टरीगैं र अस्थायी प्रहरी पोष्ट दमारगाउँले पनि अर्कैको जग्गामा भवन निर्माण गरेर कार्यालय सञ्चालन गरेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *