एक स्थानिय तह एक स्मार्ट कृषि गाउँ, दाङमा दुई गाउँ थपिए

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, पौष १ | प्रदेश नम्बर ५ को सरकारले एक स्थानीय तह एक स्मार्ट कृषि गाउँको अबधारणालाई अघि सारेको छ । कृषि ज्ञान केन्द्र दाङले स्मार्ट कृषि गाउँ कार्यक्रमका बिषयमा आज घोराहीमा आयोजना गरेको छलफलमा दाङमा यसबर्ष दुई वटा ठाउँमा कृषि गाउँ तोकिएको जानकारी दिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले यस बर्ष बबई र दंगीशरण गाउँपालिकामा स्मार्ट कृषि गाउँको कार्यक्रम लागु हुने जानकारी दिनुभयो । यस अघि गतबर्ष दाङका ६ स्थानीय तहमा स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत कृषि, पशुपालन र कागती खेतीको काम सुरु भएको छ ।

कृषिका माध्यमबाट सबै क्षेत्रमा नमूना परिवर्तन ल्याउने गरी प्रदेस सरकारले स्मार्ट कृषि गाउँको अबधारणा अघि सारेको हो । कार्यक्रममा विभिन्न स्मार्ट कृषि गाउँका संयोजकहरुले किसानहरु उत्साहित भएको बताएका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै सरकारलाई प्रयाप्त पानीको व्यवस्था गर्न समेत सुझाब दिएका छन् । सिचाई विना स्मार्ट कृषि गाउँ सफल नहुने भन्दै त्यस तर्फ स्रोत र पूर्बाधारको तयारी गर्न सुझाब दिएका हुन् ।

कार्यक्रममा प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले कृषि कै माध्यमबाट संबृद्धी सम्भब भएको बताउनुभयो । कृषिले रोजगारी र उत्पादनमा टेवा पु¥याउने भन्दै सरकारले ल्याएका योजनालाई सफल बनाउन स्मार्ट गाउँका किसानहरु लाग्नु पर्ने बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा नेपाली कांग्रेसका सभापती किर्तीबहादुर खड्काले कृषिलाई नै प्राथमिकता दिएर रोजगार र आर्थिक विकास गर्नुपर्ने उल्लेख गर्नुभयो । पारदर्शि र नमूना काम गरेर देखाउन सरकार र किसानलाई आग्रह गर्नुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *