दाङलाई ‘साईकल सिटि’ बनाउने सोँच

Blog Post Ad Blog Post Ad Blog Post Ad

बच्चैदेखि साईकलसँग रमाउने घोराहीका रेशम केसी अहिले दाङ जिल्ला साईक्लिङ संघका अध्यक्ष हुनुहुन्छ । २०७० सालदेखि उहाँले प्रोफेसनलको नजिक रहेर साईकल चलाउँदै आउनु भएको छ । २०७३ सालमा उहाँले नेपालको मेची देखि महाकालीसम्म साईकल यात्रा गरेपछि उहाँको चर्चा ह्वात्तै बढेर गयो भने साईकल चलाउने बारेमा दाङमा चर्चा सुरु भयो । त्यहि चर्चाका कारण अहिले जिल्लामा ३०÷३२ जना भन्दा बढि साईकल चलाउनेहरु हुनुहुन्छ । त्यसमा पनि १५ जना भन्दा बढिले नियमित रुपमा साईकल चलाउँदै आएको अध्यक्ष केसीले बताउनुभयो । ४ जना महिलाहरु हुनुहुन्छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘अहिलेको जुन समय छ, हामी आफ्नै व्यवस्ततका कारण तनावमा रुमलिरहेका छौँ, हाम्रो शरिर पनि त्यसैमा अभ्यस्त बनेको छ र हाम्रो खानपान पनि नमिल्दो छ ।’ केसीले भन्नुभयो, ‘तर हामीले नियमित रुपमा साईकल चलाउन सुरु ग¥यौँ भने शरिर फिट त हुने नै भैहाल्यो, हामीमा कुनै प्रकारको रोग देखिदैन । हाम्रो वरपर रहेको बाताबरणलाई समेत स्वच्छ राख्नको लागि साइकलले ठुलो भुमिका खेलेको हुन्छ ।’ धेरैले साइकल चढ्नुलाई नजिकको गन्तब्यबाट पुग्ने कुरालाई मात्र बुझिरहेका हुन्छन् । तर पछिल्लो समय केसी जस्ता ब्यक्तिहरुको सक्रियताले साईकलबाटै बाताबरण संरक्षणदेखि पर्यटन प्रर्वद्धनका लागि ठुलो काम गर्न सकिन्छ र स्वस्थ बन्न सकिन्छ भन्ने कुराको जागरण पैदा गर्न सफल हुनु भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

एकथरी मानिस समयको अभावलाई पुर्ति गर्न आवश्यकतामा आधारीत भएर निजी सवारी साधन प्रयोग गरिरहेका हुन्छन् । यो स्वभाविकै हो । तर अर्काथरी मानिस विलासितामा आधारीत जीवन जिउन सवारी साधन प्रयोग गरी रहेछन् । ‘यसले हाम्रो सवारी चाप बढाएको छ र प्रदूषण बढाई वातावरणको गुणस्तरमा ह्रास ल्याईरहेको छ । यहि विषयलाई अध्यक्ष केसीको समूहले अहिले स्कुल स्कुलमा पुगेर विद्यार्थीहरुलाई यो कुरा बाड्दै हुनुहुन्छ । केहि समय अगाडी मात्रै दाङभ्याली कलेज, ज्योतीपुञ्ज र मावि रझेनामा पुगेर साईकल चढ्नुको फाइदाको बारेमा कुरा गर्दा विद्यार्थीहरु उत्साहीत भएको केसीले बताउनुभयो । ‘सो कार्यक्रम पछि जिल्लाका अन्य विद्यालयहरुले समेत आफूहरुलाई साईकल शिक्षाको बारेमा जानकारी दिन बोलाउनु भएको छ ।’ उहाँले भन्नुभयो, ‘हामी समय मिलाएर जाने विचार गरिरहेका छौँ ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘लामो दूरी र अत्यावश्यक परिस्थितिमा बाहेक साईकल चढेर एक ठाउँबाट अर्को ठाउँमा पुग्दा थुप्रै फाईदाहरु हुने मैले देखेको छु । साईकल चलाउनु एक शारीरिक ब्यायाम पनि हो । यसले मोटोपन घटाउछ, शारीरिक सुगठन बढाउछ । ब्लड प्रेसर, मुटु स्वस्थ राख्न पनि यसले महत्वपूर्ण सहयोग गर्दछ । सस्तोमा खरीद गर्न सकिने, कुनै प्रदूषण नहुने, पार्किगंको जग्गाको समस्या नरहने, भीडभाडमा पनि सजिलै चलाउन मिल्ने, मर्मत सम्भारमा पनि कम खर्च हुने, थुपै्र उर्जा बचाउने, उर्जा संकटबाट बच्न ठूलो सहयोग हुने भएकाले साईकल सबैका लागि फाईदाको विषय रहेको केसीले बताउनुभयो । मेहनत गर्न सकियो, राज्यले पनि सहयोग गर्न सक्यो भने दाङलाई साईकल शहरको रुपमा विकास गर्न सकिने केसीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

रहस्यमय गर्भा दरबारको एडभेञ्चर टुर

कैलालीको गर्भा दरबार राणाकालिन दरबार हो । पर्यटकिय गन्तब्यको प्रचुर सम्भावना रहेको कैलालीको चुरे गाउँपालिका ४ मा रहेको त्यो गर्भा दरबारको दाङका केसी सहित नेपालगंज र कैलालीका साईकल प्रेमीहरुले भ्रमण गरेर फर्किनु भएको छ । दाङबाट रेशम केसी, आशिष पान्डे, केबि न्यौपाने, नेपालगन्जबाट सतिश निरौला, प्रदिप सापकोटा, रमेश रेग्मी र धनगढीबाट भरतबिक्रम शाह, राजेन्द्र सापकोटा, हेमन्त बाजाले गर्भा दरबारको भ्रमण गरेर आउनु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘हामी साईकल चढ्नेहरुको आफ्नै सर्कल छ, हामीलाई धनगढीबाट बोलाईरहनु भएको थियो, त्यहि कार्यक्रम अनुसार हामीले गर्भा दरबार पुगेर भर्खर आएका छौँ ।’ उहाँले भन्नुभयो, ‘पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेका सम्पदाहरुको प्रचारप्रसार र संरक्षणका लागि दवाव दिने हाम्रो उदेश्य रहेको थियो ।’ कैलालीको चौमालाबाट विहानै सुरु भएको साईकल यात्रा अध्यारो रातमा उहाँले गन्तब्य प्राप्त गर्नूभयो । अध्यक्ष केसीकै भाषामा त्यो यात्रा निक्कै डरलाग्दो, रोमाञ्चक र अर्थपुर्ण रह्यो । ‘बाटो निक्कै गाह्रो थियो, उकालै उकालो, जानेबेला आधाबाटोमा मात्र हामीलाई साईकल चढ्यौँ, बाटोमा कुनै होटल, छैन, खानेकुरा केहि नपाईने, साथमा रहेको चाउचाउ खाएर त्यहाँ पुग्यौँ, रात पुगिसकेको थियो । त्यहाँका स्थानीयहरुलाई हामीलाई निक्कै स्वागत र सहयोग समेत गर्नुभयो ।’

झण्डै झण्डै डोटीको सिमानामा पर्ने त्यो पहाडको चुचुरोमा रहेको गर्भा दरबार अहिले जिर्ण अवस्थामा रहेको छ । विक्रम संवत १९८४ सालमा निर्माण गरेको ऐतिहासिक संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै गएको हो । ‘दरबार कस्ले बनाएको हो भन्ने बारेमा निश्चित छैन रैछ, कसैले खड्ग शमशेरले बनाएको भने, कसैले बहादुर शाहले ।’ अध्यक्ष केसीले भन्नुभयो । ‘दरबारमा पछि लगाइएको टिनको छाना हावाले उडाइसकेको छ भने पानी चुहिएर पर्खाल भत्किसकेको छ । दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने संभावनासमेत रहेको छ तर संरक्षण र पर्यटकीय रुपमा विकास गर्न पहल भएको देखिँदैन ।’

राणाशासनको अन्त्यपछि शाषकहरु बसेका उक्त दरबारमा २०३३ सालपछि भने कोही पनि बास नबसेको स्थानीयहरु बताउछन् । खैराला हावापानी, मौसम र भौगोलिक रुपमा अत्यन्त उपयुक्त भएकाले राणा शासकहरूले गर्भालाई रोजेको हुनसक्ने अनुमान छ । गर्भा दरबारमा ८३ झ्याल, ५३ ढोका छन् । १० रोपनी क्षेत्रफलमा फैलिएको यो दरबार तीन खण्ड र तीन तले छ । सुरक्षाका दृष्टिकोणले दरबारभित्र भुईतले सुरुङ समेत बनाइएको छ । जो अहिले पुरिँदै गएको छ । कैलाली सदरमुकाम धनगढीबाट ४५ किलोमिटर उत्तर चुरे क्षेत्रमा पर्ने केसीले बताउनुभयो ।

पर्यटन र खेलकुदमा योगदान गर्न सक्छौँ

केहि महिना अगाडी विश्व साईकल यात्री पुष्कर शाह सहित विभिन्न जिल्लाका साईक चढ्नेहरुले दाङको परिक्रमा गरे । त्यो कार्यक्रमको बारेमा देश सहित विदेशमा समेत चर्चा भयो । ‘जिल्लामा त्यस्ता धेरै पर्यटकीय स्थलहरु छन्, जस्लाई बाहिर ल्याउन सकिन्छ, प्रचारप्रसार गर्नुपर्ने छ भने हामीले त्यहाँ पुगेर प्रचारप्रसार गर्न खोजीरहेका छौँ ।’ ओन डे दाङ टुर हामीले प्रत्येक वर्ष गर्ने योजना रहेको उहाँले बताउनुभयो । त्यसको अलावा पनि जिल्लाका पर्यटकीय तथा धार्मिक गन्तब्यहरुमा पुगेर पर्यटन प्रवद्र्धन गर्न सकिने उहाँको भनाई छ ।

तर केसी सहित साईकल चढ्नेहरुको आफ्नै बाध्यताहरु भने नभएको हैन । दाङमा साईक्लिङलाई पर्यटन प्रर्वद्धनको माध्यम मान्ने प्रचलन अझै हुन नसकेको पाईएको छ । जिल्लामा पर्यटन प्रर्वद्धनका लागि धेरै कार्यक्रम तथा बजेटहरु रहेका छन् । तर आफुहरुलाई कुनै सहयोग हुन नसकेको उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *