पुरुष फुटबलको फाइनलमा नेपाल र भुटान भिड्दै, यस्तो छ हार जितको विगत

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

१३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता साग अन्तर्गत पुरुष फुटबलको फाइनल खेल आज हुँदैछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad
दशरथ रंगशालमा नेपालले स्वर्णका लागि नेपाल भुटानसँग भिड्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३ः०० बजे सुरु हुनेछ ।

पहिलो पटकको सागको इतिहासमा फाइनल पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपाल बीचको खेल हुन लागेको हो ।

यसअघि समूह चरणबाट बाहिरिने भुटान यसपटक भने आयोजक नेपाल बाहेक सबै राष्ट्रलाई हराउँदै फाईनल पुग्यो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सागको फुटबललाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाको बार्षिक क्यालेन्डरमा समावेश नगरेपछि भारतले पुरुष फुटबल खेलेन । नेपाल प्रतियोगितामा अपराजित छ ।

सन् २०१६ मा भारतको गुहावटीमा भएको फाइनलमा नेपालले घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भुटान फुटबलको इतिहासमै पहिलो पटक सागको फाइनल पुगेको हो ।

भुटानले उद्घाटन खेलमा बंगलादेशविरुद्ध १-० को अप्रत्यासित जित निकालेको थियो । दोस्रो खेलमा नेपालसँग पराजित भएपनि तेस्रोमा भने माल्दिभ्सलाई २-१ गोल अन्तर र अन्तिममा श्रीलंकालाई ३-१ गोल अन्तरले हराएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दोस्रो खेलमा श्रीलंकासँग १-१ को बराबरी खेलेको नेपालले तेस्रो खेलमा माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । अन्तिम खेलमा नेपालले बंगलादेशलाई १-० ले हराएको थियो ।

सागको पुरुष फुटबलको उपाधि पाकिस्तानले ४ पटक तथा नेपाल र भारतले समान ३ पटक जितेका छन् । यस्तै बंगलादशेले २ पटक उपाधि हात पार्दा भुटान, बंगलादेश र माल्दिभ्स उपाधि विहिन छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *