गाउँका स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दिप्तीशिखा चौधरी

दंगीशरण, मंसिर २४ । दंगीशरण गाउँपालिकाले एम्वुलेन्स सेवा संचालनमा ल्याएको छ । पालिकाका बिरामीलाई भरपर्दो र सुलभ सेवा दिने उद्धेश्यले एम्बुलेन्स सेवा संचालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको २२ लाखको लागतमा दुई वटा एम्बुले्न्स खरीद गरेको गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

लामो समयदेखि एम्बुलेन्स विहिन भएको पालिकाले अव भने एकैपटक दुई स्वास्थ्य चौकीबाट दुई वटा एम्बुलेन्स संचालन गरेर सेवा दिने भएको छ । आईतबार एक कार्यक्रमका बिच हेकुली स्वास्थ्य चौकीका प्रमूख टेक बहादुर खत्री र गोल्टाकुरी स्वास्थ्य चौकिका हेल्थ असिस्टेन्ट प्रदिप योगीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी, उपाध्यक्ष पिमा कुमारी खड्का र प्रमुख प्रशासकिय अधिकृत चन्द्रकान्त पौडेलले हस्तान्तरण गर्नुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अवका दिनमा पालिकामा हुने आकस्मीक घटनामा एम्बुलेन्सले सहज रुपमा सेवा दिन सक्नेछ । उता दंगीशरण गाउँपालिका वडा न ६ मा रहेको श्रीगाउँ स्वास्थ्य केन्द्रमा भने २०६७ सालदेखि एम्बुलेन्स संचालनमा आएको छ । युनिसेफको आर्थीक सहयोगमा खरीद गरेको एम्बुलेन्सले जिल्लामा तोकिएको सेवा शुल्क भन्दा १५ प्रतिशत कममा सेवा दिइरहेको डा. रवनि गौतमले जानकारी दिनुभयो । गाउँका स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा संचालनमा आएपछि अहिले विरामीलाई सहज भएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *