नेपालको ऋण १० खर्ब ८४ अर्ब: एक नेपालीकाे थाप्लाेमा ३६ हजार ९ सय ९४ रूपैयाँ

Blog Post Ad Blog Post Ad Blog Post Ad

प्रत्येक नेपालीको थाप्लोमा ऋणको भार थपिएको छ । अर्थ मन्त्रालयले प्रत्येक वर्ष सार्वजनिक गर्ने आर्थिक प्रतिवेदनमा ऋणको भार बढ्दै गएको पाइन्छ । मन्त्रालयको कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार नेपालले तिर्नुपर्ने आन्तरिक तथा बाह्य ऋण १० खर्ब ८४ अर्ब रहेको छ । हाल नेपालको जनसंख्या ३ करोड हाराहारीमा रहेको छ । यसैको आधारमा मुल्यांकन गर्दा प्रत्येक नेपालीको भागमा औषत ऋण ३६ हजार ९ सय ९४ हुन आँउछ ।नेपालको १० खर्ब ८४ अर्ब ऋण सरकारले आन्तरिक तथा वाह्य स्रोतबाट संकलन गरेको थियो । जस अन्तर्गत सरकारले आन्तरिक तर्फ ४ खर्ब ५२ अर्ब ५९ करोड रुपैयाँ तिर्न बाँकी छ। भने बाह्य ऋण तर्फ ६ खर्ब ३१ अर्ब ४१ करोड रुपैयाँ रहेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्ष चौमासिक सम्ममा सरकारले आन्तरिक तर्फ ९० करोड बराबरको साँवा रकम फिर्ता गरिसकेको छ। भने व्याजतर्फ ६ अर्ब ७० करोड ५० लाख रुपैयाँ बराबरको रकम भुक्तानी गरेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

त्यस्तै चालु आर्थिक वर्षको सोही अवधीमा सरकारले बैदेशिक ऋण तर्फ २ अर्ब ३३ करोड रुपैयाँ सावा र ५५ करोड ५३ लाख रुपैयाँ ब्याज भुक्तानी गरेको तथ्यांकले जनाएको छ ।

२०७५ असार मसान्तमा ९ खर्ब १६ अर्ब रुपैयाँ तिर्न बाँकी ऋण रहेको थियो ।अघिल्लो आर्थिक वर्षको फागुन मसान्तसम्ममा करिब ९ खर्ब ७८ अर्ब ४५ करोड नेपालकाे ऋण रहेको थियो । तर ८ महिनाको अवधीमा मात्र १ खर्ब १० अर्ब रुपैयाँले नेपालीले तिनुपर्ने ऋण रकम बढेको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नेपालले अन्य मुलुकबाट प्राप्त गर्ने ऋण तथा अनुदान रकममा समेत बृद्दि भएको छ । चालु आर्थिक वर्षको पहिलो चौमासमा अघिल्लो आर्थिक वर्षको त्यहि अवधीको तुलनामा ऋण र अनुदान रकम बृद्धि भएको तथ्यांकले देखाएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको विवरण अनुसार नेपालले १० अर्ब ७ करोड बैदेशिक अनुदान प्राप्त गरेको छ । भने बैदेशिक ऋण तर्फ सरकारले २४ अर्ब ९५ करोड रुपैयाँ लिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै अघिल्लो वर्षको सोही अवधीमा सरकारले बैदेशिक अनुदान मार्फत अनुदान ३ अर्ब ५४ करोड रुपैयाँ थियो । साथै बैदेशिक ऋणतर्फ चार महिनाको अवधीमा सरकारले ११ अर्ब ३७ करोड रुपैयाँ लिएको तथ्यांकले देखाएको छ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *