शिलान्यासको तयारीमा शान्ति यात्रा

दाङ, मंसिर १८ । घोराहीमा निर्माण हुन थालेको ब्रम्हाकुमारीज आध्यात्मिक पुर्नजागरण केन्द्र शिलान्यास तयारीका लागि विहिबार विहान शान्तियात्रा निकालिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित मधुवन टोलमा निर्माण हुन लागेको केन्द्रको यहि मंसिर २१ गते शिलान्यास हुँदैछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

भब्य कार्यक्रमका साथ शिलान्यास हुने भएकाले त्यस स्थानको बुधबार सरसफाई गरिएको थियो भने विहिबार विहान शान्तियात्रा निकालिएको ब्रह्माकुमार माधव तिमिल्सेनाले बताउनुभयो । शान्तियात्रा घोराहीको विपि चौकबाट सुरु भएर घोराहीका विभिन्न स्थानको परिक्रमा गरी भवन शिलान्यास हुने स्थानमा पुगेर कार्यक्रममा परिणत भएको थियो । विभिन्न क्षेत्रका विशिष्ठ एक हजार पाँच सय ब्यक्तिहरु सहभागी हुने शिलान्यास कार्यक्रमका लागि एक हजार भन्दा बढि कर्सीहरु लगाईने उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उपभोक्ता समिति मार्फत निर्माण हुने १५ करोड रुपैयाको गुरुयोजनाको मिनि मधुवनका लागि चालु आर्थिक वर्षका लागि संघीय सरकारले ४० लाख रुपैया बजेट विनियोजन गरेको छ । उपभोक्ता तथा भवन निर्माण समितिका संयोजक यज्ञबहादुर भण्डारीको संयोजक रहनु भएको छ । मंसिर २१ गते हुने शिलान्यास प्रदेश नं. पाँचका मुख्यमन्त्री शंकर पोख्रेलले गर्नुहुने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *