महिला अधिकारकर्मी भन्छन : ‘पैसाले हुनेले न्याय किने, नहुनेले हिंसा सहेर बसे’

नवीन अभिलाषी

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, मंसिर १९ । लैंगिक हिंसा पीडित महिलाहरुको अधिकारका लागि लड्दै आएको ओरेकले पीडित महिलालाई बढि ‘उचाल्छ’ भन्ने आरोप छ । त्यो आरोपले आफुहरुलाई निरास बनाउने गरेको ओरेक दाङको संयोजक ईश्वरी थापाले बताउनुभयो । बुधबार घोराहीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो, ‘बास्तविकता नबुझेर न्याय दिने क्षेत्रकै ठुला मानिसहरुले ओरेकले त महिलाहरुलाई उचालेर ल्याउछ भन्ने आरोप लगाउछन्, यसले साह्रै निरास बनाउछ ।’ सक्षम महिला सामुदायीक संस्थाको अध्यक्ष रचना सुवेदीको पनि त्यस्तै अनुभव छ । घरमा हिंसा खेपेर बाँच्न र बस्न नसक्ने महिलाहरु अहिले संस्थाको आश्रयमा छन् । ती पीडित महिलाहरुको सहारा बनेर न्यायका लागि लड्दै गर्दा ‘तँ नबोल’ भनेर औँला देखाउने गरिएको स्मरण गर्दै सुवेदीले न्याय क्षेत्रकै विस्वास नहुने गरेको बताउनुभयो । ‘महिलाहरु कति पीडित छन्, कति अप्ठेरो छ उनीहरुलाई, उनीहरुको लागि बोल्न खोज्दा तँ नबोल भनिन्छ हामीलाई ।’ कार्यक्रममा सुवेदीले भन्नुभयो, ‘तर यहाँ पैसाले न्याय किन्छन्, महिलाहरुले कहि गर्न सक्दैनन् ।’

अहिले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । यसैसन्दर्भमा घोराही उपमहानगरपालिकाको कानुनी मामिला महाशाखाले आयोजना गरेको लैंगिक हिंसा न्यूनिकरण र कानुन कार्यान्वयनको सम्बन्धमा राजनीतिक दल, पत्रकार र सरोकारवालासँग छलफल कार्यक्रममा महिला अधिकारकर्मीहरुले आफुहरु नै असुरक्षित हुने गरेको बताए । लामो समय एकद्धार संकट व्यवस्थापन प्रणालीमा बसेर लैंगिक हिंसा न्यूनिकरणका लागि काम गर्नुभएको सिनिएर स्टाफ नर्स राधा पौडेलले आफुहरु नै असुरक्षित हुने गरेको बताउनुभयो । ‘हिंसाको विरुद्धमा बोल्दा धम्की आउछ, बाटोमा हिड्दा कसैले केहि गर्छ कि भन्ने डर छ ।’ उहाँले भन्नुभयो । नेपालमै उत्कृष्ट काम गर्दै आएको दाङको एक द्धार संकट व्यवस्थापन प्रणालीले अहिले सोँचे जस्तो काम गर्न नसकेको पाईएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

अहिले बालविवाह नियन्त्रण गर्न चुनौती बन्दै गएको भन्दै अधिकारकर्मी विनोद केसीले वालविवाहकै कारण हिंसाका घटनाहरुमा समेत नियन्त्रण हुने गरेको बताउनुभयो । उहाँले पुरुषले महिलालाई र महिलाले पुरुषलाई गरेको हिंसाको साथ साथै धनि महिलाले गरिव महिलालाई, टाठाबाठा महिलाले सोझो महिलालाई गर्ने हिंसाको बारेमा चर्चा गर्न आवस्यक रहेको बताउनुभयो । कार्यक्रममा अधिकारकर्मी जेएन सागर, हुमा डिसी, अधिवक्ता गोमा महरा, महिला नेतृ मेनुका पोख्रेल, सावित्रा रानाले महिलाहरुको आर्थिक अवस्थालाई उकास्न नसके हिंसाका घटनाहरुमा कमि आउन नसक्ने बताउनुभयो । सन् २०२२ सम्म लैंगिक हिंसा नियन्त्रीत घोराही उपमहानगरपालिका बनाउने अभियानमा लागेको महिला विकास अधिकृत मोती विश्वकर्माले बताउनुभयो । त्यसको लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भैरहेको उहाँको भनाई छ ।

कार्यक्रममा प्रहरी प्रमुख जनक भट्टराईले अहिले पनि पीडितहरु मध्य ९५ प्रतिशत महिलाहरु नै रहेको बताउनुभयो । उहाँले महिलाहरु माथि किन हिंसा भैरहेको छ भन्ने बारेमा अध्ययन गर्न आवस्यक रहेको भन्दै उहाँले महिलाहरुको आर्थिक पाटोलाई बलियो नबनाउँदा सम्म समस्या रहिरहने उहाको भनाई छ । प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले महिला हिंसा अन्त्यका लागि सबैको आआफ्नो भुमिका रहेको बताउनुभयो । घर, परिवार, समाज र राज्य नमिलेसम्म महिला हिंसामा कमी आउन नसक्ने उहाँको भनाई छ । कारणहरुको खोजी गरेर त्यसमा काम गर्न आवस्यक रहेको उहाँको भनाई थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिकाको कार्यवाहक प्रमुख सीता सिग्देल न्यौपानको अध्यक्षतामा भएको कार्यक्रममा अधिकारकर्मी जेएन सागरले लैगिक हिंसाको बारेमा जानकारी दिदै घोराही उपमहानगरपालिकामा एक वर्षमा दुई वटा भ्रुण हत्या भएको, आत्महत्या दुरुत्साहन सम्बन्धी दूई वटा मुद्धा चलिरहेको, कुटपिटका २७ वटा घटनाहरु भएको, बलात्कारका २५ वटा घटना र २ वटा घटनाहरु रहेको उहाँले बताउनुभयो । उहाँले शिक्षकले विद्यार्थी, अपांगता भएका महिला, ५ वर्ष मुनीको बालिका र हाडनाता भएका महिलाहरु नै बलात्कारको सिकार हुनु परेको उहाँले बताउनुभयो । उहाँले ३ वर्षको बालिका र १४ वर्षको किशोरी नै अपहरणमा परेको बारेमा मुद्धा रहेको जानकारी दिनुभयो । समानकामको समाज ज्यालाको विषय कार्यान्वयन त परको कुरा कामको ज्याला नदिएर महिला माथि हिंसा गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *