राप्ती नदीमा तटबन्ध : बगरको कर तिर्ने किसानले खेती गर्न पाउने

दाङ, मंसिर १९ । दाङको राप्ती नदी क्षेत्रमा निर्माण भइरहेको तटबन्धनले कटान रोकेपछि अब किसानले खेती गर्न पाउने भएका छन् । खेतीयोग्य जमिन नदीले कटान गरी बगर बने पनि लामो समयसम्म कर तिरिरहेका किसानले प्रयोग गर्न पाएका थिएनन् । तटबन्धन गरी जमिन सुरक्षित भएपछि सयौँ बिघा जमिन खेतीयोग्य हुने भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ भएर दक्षिणतर्फ बग्ने राप्ती नदीले राप्ती, राजपुर, गढवा गाउँपालिका र लमही नगरपालिकाको सयाैँ बिघा जमिन नदीले ओगटेको छ । नदीले कटान गरेको जग्गा सुरक्षित हुने भएपछि स्थानीय खुसी भएका छन् । लमही नगरपालिका समेरहवाका स्थानीय देवनारायण चौधरीले तटबन्धसँगै जग्गा उकास हुने भएपछि खुसी महसुस भएको बताए । उनले तटबन्धनले जग्गाको विस्तार र बर्सेनि नदीले गर्ने कटान पनि रोकिने बताए ।

एउटै गाउँमा सयाैँ बिघा जमिन उकासिँदै 
तटबन्धनसँगै एउटै गाउँमा सयौँ बिघा जमिन खेतीयोग्यमा विस्तार भएको छ । देउखुरीको बलरामपुर गाउँमा मात्रै दुई सय ५५ बिघा खेतीयोग्यमा विस्तार हँुदै छ । यस्तै, गढवा गाउँपालिकाको कान्छी गाउँको एक सय ४५ बिघा खेतीयोग्यमा विस्तार हुने जनताको तटबन्ध कार्यालयका इन्जिनियर रामचरित्र चौधरीले बताए । ‘अन्य गाउँमा पनि जमिन विस्तार हुने सम्भावन छ, उनले भने, ‘तर पूर्ण रूपमा कति जग्गा विस्तार हुन्छ त्यसको तथ्यांक आइसकेको छैन ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

दुई वर्षअघि नदीको बहाब क्षेत्र कति राख्ने भन्ने विषयमा केही स्थानीयले प्राविधिक डिजाइनभन्दा कम बहाब क्षेत्र राख्नुपर्ने अडान राखेपछि तटबन्ध आयोजना प्रभावित बनेको थियो । अहिले तटबन्धको ठेक्का सम्झौता सकिने वेलामा तटबन्धको काम तीव्र गतिमा अघि बढेको उनले बताए । राप्ती नदीको दायाँ किनारामा तटबन्ध दुई किलोमिटर लामो हुने छ । बायाँ किनारमा डेढ किलोमिटर तटबन्ध हुँदै छ । १० करोडको लागतमा तटबन्ध निर्माण हुँदै छ ।

जमिन उपभोग गर्न पाएनन् स्थानीयले 
राप्ती नदी क्षेत्रका स्थानीयले जग्गाको उपभोग गर्न नपाए पनि मालपोत कर भने तिर्दै आएका थिए । लमही सेमरहवाका देवनारायण चौधरीको राप्ती नदीको बगरमा चार बिघा जग्गा छ । उनले आफ्नो जमिनको नियमित मालपोत बुझाउँदै आएका थिए, तर उपभोग गर्न पाएका थिएनन्  । अहिले उनको तीन बिघा खेतीयोग्यमा जमिनमा परिणत हुँदै छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

‘अब नदी बग्ने जग्गामा पनि खेतीपाती गर्न पाइने भइयो, नदीमा तटबन्ध नहुँदा कहिले नदीवारि कहिले पारि जग्गा नै खोज्नुपर्ने अवस्था थियो,’ उनले भने । देउखुरीको राजपुर गाउँपालिका–२ का प्रकाश जिसीले पनि राप्ती नदी आसपास बगरको मालपोत कर तिर्दै आएको वर्षौं भइसकेको छ । नियमित मालपोत कर तिर्दै आएका जिसीले श्रेस्ताअनुसारको जग्गाको उपभोग भने गर्न पाएका छैनन् ।

जिसीसँग अहिले पनि १२ बिघा जमिनको लालपुर्जा छ । तर, उनले त्यसको आधा जग्गा पनि उपभोग गर्न पाएका छैनन् । ‘१२ बिघा जग्गा त यो लालपुर्जाको कागजमा मात्र छ । त्यसको आधा खोलामा छ भने त्यसको पनि आधा बगर भइसकेको छ । उनले भने, ‘तर बर्सेनि पूरै जग्गाको मालपोत कर भने तिर्दै आएका छौँ।’ मालपोत कार्यालय दाङको आकलनअनुसार करिब १० हजार हेक्टर जमिन राप्ती नदीको कटानमा परेर बगर भएको छ । त्यसको आधा क्षेत्र राप्ती नदीले नै ओगटेको छ । दाङको राप्ती नदीले बनाएको बगर । जहाँ अब तटबन्ध निर्माणसँगै नदी बगेको सयाँै बिघा जमिन खेतीयोग्य हुँदै छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *