नवनिर्वाचित वडा अध्यक्ष ताराबहादुर डाँगीबाट सपथ ग्रहण

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, १८ मंसिर | घोराही उपमहानगरपालिका वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष ताराबहादुर डाँगीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । नगरका कार्यबहाक प्रमुख सीता सिग्देल न्यौपानेले नव निर्वाचित वडा अध्यक्ष डाँगीलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

वडा नम्बर १६ का नवनिर्वाचित अध्यक्ष डाँगीलाई कार्यबहाक प्रमुख न्यौपाने, प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसी, वडा अध्यक्ष एवं कार्य पालिकाका सदस्यहरुले टिका र माला लगाएर स्वागत एवं बधाई ज्ञापन गर्नुभएको छ । कार्यक्रममा नव निर्वाचित अध्यक्ष डाँगीले वडाबासीको मन जित्ने गरी समन्वय र सहकार्यबाट काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

सच्चा जनप्रतिनिधीकोरुपमा आफुले काम गर्ने भन्दै सबैबाट सहयोगको पनि अपेक्षा गरेको उल्लेख गर्नुभयो । नगरका कार्यबहाक प्रमुख न्यौपानेले बधाई ज्ञापन गर्दै वडाबासीको मन जितेर विकासमा लाग्न र सहकार्यबाटै कार्य सम्पादनलाई अघि बढाउन आग्रह गर्नुभयो । कार्यक्रममा नगरका प्रबक्ता भरतमणि अर्यालले कार्य सम्पादनमा राजनिति आग्रह पूर्बाग्रह जनप्रतिनिधिहरुमा हुन नहुने भन्दै सहकार्य गरेर नगरको विकासका लाग्नेमा जोड दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

साथै अध्यक्ष डागीले वडा कार्यालयमा आज कार्यभार समेत ग्रहण गर्नुभएको छ । गतबर्ष वडा अध्यक्ष लछिनप्रसाद बुढा मगरको विरामीका कारण निधन भएपछि यही मंसिर १४ गते भएको उपनिर्वाचनबाट डाँगी अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *