नेविसंघका कोषाध्यक्ष पक्राउ, १० दिन थुनामा राख्न अनुमती

Blog Post Ad Blog Post Ad Blog Post Ad

घोराही, १८ मंसिर | नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ दाङका कोषाध्यक्ष अरुण लहरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

राप्ती बबई क्याम्पस तुलसीपुरका अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष रविन वलीलाई कुटपिट गरेको आरोपमा लहरेलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

केही साता पहिले लहरेले वलीलाई कुटपिट गरि फरार भएको र प्रहरीले खोजी गरि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको छ ।

दाङका प्रहरी प्रमुख जनक भट्टराईका अनुसार लहरेलाई जिल्ला प्रशासन कार्यालय मार्फत १० दिन हिरासतमा राखि अनुसन्धान गर्ने प्रहरीले अनुमति पाएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *