अनिवार्य अवकासको उमेरहद अव ६० बर्ष

Blog Post Ad Blog Post Ad Blog Post Ad

सङ्घीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त हुने निजामती कर्मचारीको अनिवार्य अवकाशको उमेरहद अब ६० वर्ष हुने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपसमितिको प्रतिवेदनमा सहमति गर्दै उमेरहद बढाएको हो । यसअघि अनिवार्य अवकाशको उमेरहद ५८ वर्ष थियो । समितिमा विधेयकको दफावार छलफल भने जारी छ ।


हाल बहाल रहेका कर्मचारीको हकमा भने जन्ममितिका आधारमा क्रमशः अवकाशको उमेरहद कायम रहने गरी सहमति भएको छ । समिति सचिव सञ्जय दाहालका अनुसार अवकाशको उमेरहद, निवृत्तिभरणलगायतका व्यवस्थामा समितिले बिहीबार सहमति गरेको छ ।
समितिले पारित गरेको प्रतिवेदन नै सदनबाट पारित भएमा नयाँ नियुक्त हुने कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष र हालका कर्मचारीको हकमा जन्ममितिका आधारमा छ÷छ महिना कार्यकाल लम्बिने छ । सहमतिअनुसार २०१८ साल जन्ममिति भई सेवामा रहेका कर्मचारीको सेवा अवधि ५८ वर्ष ६ महिना हुनेछ । यस्तै २०१९ साल जन्ममिति भएका कर्मचारीको हकमा ५९ वर्ष कायम हुने छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


यस्तै २०२० साल जन्ममिति भएका कर्मचारीको हकमा ५९ वर्ष ६ महिना उमेरहद कायम रहने छ । २०२१ साल जन्ममिति रहेका कर्मचारीको अवकाशको उमेरहद ६० वर्ष कायम हुने छ । सङ्घीय निजामती सेवा ऐन लागू भएपछि नियुक्त कर्मचारीको हकमा भने ६० वर्ष उमेरहद कायम रहने छ ।

बढुवाको अङ्कमा दुर्गमलाई प्राथमिकता दिने गरी विधेयकमा सहमति भएको छ । भौगोलिक क्षेत्रमा काम गरेको अनुभवलाई ६० अङ्कसम्म कायम गरिएको छ । अति दुर्गममा काममा खटिने कर्मचारीले प्रतिवर्ष चार अङ्क पाउने छन् । सहमतिअनुसार अब बढुवाका क्रममा तालिमको अङ्क जोडिने छैन ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

समितिले गरेको सहमतिअनुसार बहालवाला कर्मचारीको कामका सिलसिलामा मृत्यु भएमा आश्रित परिवारले पाँच लाख रुपियाँ राहत सहयोग पाउने छन् । भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायतका नैतिक पतन देखिने फौजदारी कसुरमा अदालतबाट दोषी ठहर भएमा कर्मचारीले पेन्सन पाउने छैनन् ।

बहुविवाहको कसुरमा दोषी ठहर भए पनि पेन्सन नपाउने व्यवस्थामा पनि सहमति भएको छ । यस्तै विदेशी मुलुकको स्थायी आवासीय बसोबासको अनुमतिपत्र लिने कर्मचारीले पनि पेन्सन पाउने छैनन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कर्मचारीले सामाजिक सञ्जाल प्रयोगमा पनि अब सचेतता अपनाउनुपर्ने भएको छ । विधेयकमा भएको सहमतिअनुसार गोपनीयता कायम नराखे, सामाजिक सञ्जालबाट राष्ट्रिय अखण्डता तथा राज्यविरुद्धको कुनै कसुर गरेमा पेन्सनसमेत रोक्नसक्ने तयारी गरिएको छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *