जनप्रततिनिधि भन्छन् ‘सुसाशन स्थापित गर्ने प्रयासमा र्छौ’

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

रीता लामा

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, कार्तिक २९ ।  लमही नगरपालिकाका नगरप्रमुख जीतबहादुर केसीका अनुसार अहिले नगरपालिकाले डिजिटल नागरिक बडापत्र राखेको छ । नगरबाट पाउने सेवा सुविधा र लाग्ने दस्तुरको बारेमा जनतालाई प्रष्ट जानकारी दिन यसो गरिएको हो । ‘हामीले नगरबाट पाउने सेवा सुविधा सुचना बोर्डमा राखेका छौ, त्यो सुचनाले नपुगे छुट्टै सुचन अधिकारी समेत तोकेका छौ ।’ उनले भने ‘जनतालाई कुनै समस्या आए लिखित गुनासोको लागि गुनासो पेटिका छ । तुरुन्तै केही भन्न मन लागे टोल फ्रि नम्वर पनि छ ।’


नगरप्रमुख केसीका अनुसार जनतालाई जसरी पनि नगरसँग अपनत्व महसुस गराउन हरेक सार्वजनिक सुनुवाईमा व्यापक प्रचारप्रसारको काम पनि हुने गरेको छ । तर जनताको सहभागिता भने उल्लेख्य बढ्न सकेको छैन । स्थानिय सरकारले दिने सेवासुविधा र जनतामा अभिभावकको भुमिका निर्वाहको लागि आफुहरुले नगरबाट हुने हरेक क्रियाकलापमा जनताको सहभागितालाई जोड दिने गरेको उनको तर्क छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


ग्रामिण महिला उत्थान केन्द्रको पारस्परिक जवाफ देहिता परियोजनाले, सुसाशन नीति निर्माण र कार्यान्वयनको अवस्था विषयक शुक्रवार घोराहीमा आयोजना गरेको छलफल कार्यक्रममा दंगिशरण गाउँपालिकाका प्रमुख भागिराम चौधरीले आफ्नाले पालिकाले त्यहाँबाट हुने हरेक गतिविधिमा जनसहभागितालाई बढी भन्दा बढी जोड दिएको बताए । योजना छनोट देखि योजना सम्पन्न हुदाँसम्मको अवस्थामा जनताहरुको सक्रिय सहभागितालाई प्राथमिकतामा राखेको दावि गरे ।


राजपुर गाउँपालिकाकी उप्रमुख धनपति चौधरी स्थानिय निकायमा शुसासन स्थापित गर्नको लागि जनताको पनि मुख्य भुमिका हुने बताउछिन् । यहाँबाट हुने विकासे काम, जनताको सेवासुविधाको काम, सामाजिक सुरक्षाको काम के कसरी भैरहेको छ भन्ने बारेमा सचेत जनताले चासो पनि दिनुपर्छ । ‘जनताहरु बाहिरबाहिर गुनासो गर्छन् । तर कार्यालय मै आएर सुझाव सल्लाह दिदैनन ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

हिजोआज नगरले संचालनमा ल्याएका टोलफ्रि नम्वर वा सुझाव पेटिकामा भन्दा पनि सामाजिक संजालमा विना अध्ययन गरिएको चर्को आलोचनाले जनप्रतिनीधि र कर्मचारी भने आजित हुदै आएका छन् । सुशासनको विषयमा शान्तीनगर गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगी कर्मचारी अभावको कारणले पनि सबै काम समयमा गर्न नसकिएको गुनासो गर्छन् ।


ग्रामिण महिला उत्थान केन्द्रकी अध्यक्ष आश्मानि चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपाली भने जनप्रतिनीधिले जनता समक्ष गरेका बाचा भने पुरा गर्नुपर्ने बताउछन् । जनतालाई धेरै आश्वासन देखाएर झुक्याउनु पनि नैतिक भ्रष्टाचार भएको उनको ठम्याई छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

कार्यक्रममा बरिष्ठ पत्रकार सुसिशल गौतमले सुशासन नीति निर्माण र कार्यान्वयनको अवस्थाको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनले प्रस्तुत गरेको कार्यपत्रमा सुशासन स्थापित गर्नको लागि जनसहभागिता, जनउत्तरदायि सरकार संचालन, पारदर्शीता, कानुनको सर्वोच्वता, जवाफदेहिता, निष्पक्ष र सक्षम प्रशासन संयन्त्रलगायतको विषयलाई प्रष्ट्याउने प्रयास गरिएको थियो ।


कार्यक्रममा अधिकारकर्मी विनोद केसी, उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, शान्ती समाजका सुसिल बस्नेत, घोराही वडा नम्वर १७का वडा अध्यक्ष खुसिराम चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

नागरिक समाज दाङका अध्यक्ष चन्द्रराज पन्तको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण परियोजनाका सुचना संयोजक नविन चौधरीले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *