शरिरमा गोलीको छर्रा बोकेर मत माग्न घरदैलोमा

Blog Post Ad Blog Post Ad Blog Post Ad

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवार सुरेशबहादुर केसी (प्रताप) ले जनयुद्धका गोलीका छर्रा बोकेर मतदाताको घरदैलो पुगेका छन् । आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा घोराही १६ को वडाध्यक्ष पदका उम्मेदवार केसीले छर्रा बोकेर मतदाताको घरमा घरदैलो गरिरहेका छन् ।
नेकपाको तर्फबाट उम्मेदवार बनेका प्रतापले आफ्नो पक्षमा मत पार्नका लागि चुनाबी प्रचारलाई निकै मसिनो गरी गरिरहेका छन् । नेकपाका नेताहरुको सहभागीतामा प्रतापले निर्बाचनलाई बस्ती बस्तीमा पु¥याइरहेका छन् ।
निर्वाचन परिचालन कमिटीको बैठक मार्फत विभिन्न टोलस्तरका प्रचार समिति गठन समेत भएको अवस्थामा उम्मेदवार सहितको टोली पनि टोल टोलमा पुग्न सुरु गरेको छ ।
नेकपाका वडाध्यक्ष गजेन्द्रसिंह खड्का, सचिव देउमन दमाई सहित स्थानीय कार्यकर्ताहरुले उम्मेदवार प्रतापलाई जिल्ला, प्रदेश र केन्द्रीय सदस्यहरुले प्रचारमा साथ रहेको छ । उम्मेदवार केसीले आफु पार्टीको सिपाही भएको प्रतिक्रिया दिदै निर्बाचनमा आफुलाई जनताले साथ दिने बताए ।
घोराही १६ मा रहेका विभिन्न ३७ टोलहरुमा सम्पर्क कार्यालय स्थापना गरेर उम्मेदवार प्रतापले घरदैलो, भेटघाट, सभा जस्ता कार्यलाई दैनिक तीब्र बनाएका छन् । गएको कार्तिक २७ गते पार्टीका तर्फबाट आधिकारिक रुपमा उम्मेदवारी दर्ता गरेपछि यस्ता कार्यलाई जारी राखेका छन् ।
साविकको मानपुर गाबिसको बनकट्टीमा २०३९ साल मंसिर २० गते दामोदर केसी र मिना केसीको कोखबाट दोस्रो सन्तानका रुपमा जन्मनुभएका केसी २०५४ सालमा नेकपा एमाले निकट बिद्यार्थी संगठन अनेरास्वबियुको जिल्ला सदस्य बनेका थिए ।
मानपुरमा रहेको दिपेन्द्र माध्यामिक बिद्यालयमा कक्षा ७ मा अध्ययन गर्दैगर्दा जिल्ला सदस्य बनेका प्रतापले २०५७ सालदेखि जनयुद्धमा सामेल बनेका हुन् । जनयुद्धमा जनमिलिसियाबाट यात्रा गरेका प्रतापले चार बर्ष हिरासत र कारागारको जीवन बिताएका थिए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


आठ महिना नेपाली सेनाको हिरासतमा बसेका प्रतापले त्यसबाहेक तुलसीपुर घोराहीमा रहेका कारागारमा जीवन बिताएका थिए । घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसबाट आइएसम्मको अध्ययन पुरा गरेका थिए । प्रतापले बाँकी अध्ययनलाई अगाडि बढाउन सकेनन् ।
जनआन्दोलन २०६२÷०६३ पश्चिात रिहा भएका प्रतापले शान्तिकालमा जनमुक्ति सेनामा रहेर काम गरेका थिए । माओबादी अन्तर्गत रहेको जनमुक्ति सेनाको कम्पनी कमाण्डर समेत भएका प्रतापले २०६८ सालदेखि जनमुक्ति सेनाको यात्रा छोडेका थिए ।
यसैबीच उम्मेदवार प्रतापले शुक्रबार मात्रै वडाका विभिन्न बस्तीमा पुगेका छन् । प्रचारलाई निकै मसिनो गरी प्रचार गरीरहेको बताउने प्रतापले शुक्रबार मात्रै रातामाटा, तेरौटे, ठोकरैया, घमीडाँडामा प्रचार टोली लिएर स्थानीय मतदातासंग मत मागेका थिए ।
स्थानीय मतदातासंग प्रतापले सडक, कलभर्ट, खानेपानी, स्वास्थ्य, सञ्चारसंगै समग्र वडाको आबश्यकता अनुसार काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्दै आएका थिए । यसका लागि मतदातालाई आफुलाई जिताउन आग्रह गरेका थिए । पार्टीले आफुलाई बिश्वास गरेको भन्दै जनताले पनि बिश्वास गरेर मत दिनेमा आफु ढुक्क रहेको बताए ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *