उमेदवारी कसैले लिएनन् फिर्ता

Blog Post Ad Blog Post Ad Blog Post Ad

दाङ, २४ कार्तिक | दाङमा प्रदेश सभाको उपनिर्वाचनका लागि उमेदवारी दिएका उमेदवारले कसैले फिर्ता लिएनन् । निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ता लिने सक्ने समय रहेकोमा कसैले पनि उमेदवारी फिर्ता नलिएको सहायक निर्वाचन अधिकृत धनीप्रसाद चपाईले जानकारी दिनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

निर्वाचन कार्यतालिका अनुसार उमेदवारलाई भोलि चुनाव चिन्ह प्रदान गरिने छ । दाङ निर्वाचन क्षेत्र नम्बर ३ को २ मा प्रदेशसभा सदस्यका लागि १२ दल र २ स्वतन्त्र गरी १४ जनाले उमेद्वार दिएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ को (२) मा ६८ हजार ७ सय १९ जना मतदाता रहेका रहेका छन् । भने ३२ मदातन स्थल र त्यस भित्र ७७ केन्द्र निर्धारण भएको छ ।

स्थानीय तहकालागि भने २७ कार्तिकमा मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । मंसिर १४ गते दाङसहित देशका ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *