फस्टाउँदै कुखुरापालन

Blog Post Ad Blog Post Ad Blog Post Ad

शिवु खनाल

दाङ, २४ कार्तिक । दाङ देउखुरीका कृषकहरूले व्यावसायीक रूपमा कृषि पेशा अन्र्तगत पर्ने विभिन्न साना तथा घरेलु कृषि पेशाहरू गर्दै आएका छन् । देउखुरीका अधिकांश कृषकहरूले लामो समय देखि परम्परागत रूपमा व्यावसायीक रूपमा कृषि पेशालाई व्यावसायीक रूपमा उपभोग गर्दै आएका हुन् । यस्तै दाङको लमही नगरपालिका वडा नम्बर ७ वनघुस्री निवासी पुनम घर्ती मगरले व्यावसायिक रूपमा भैंसी तथा लोकल कुखुरा पालन गर्दै आएको बताउनुभयो । मगरले भैंसी पालन संगै साकिनि जातको लोकल कुखुरापालनको व्यवसायी सुरुवात गरेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

उत्पादन धेरै, लगानी थोरै र राम्रो आम्दानी हुने भएपछि देउखुरीका अधिकांश कृषकहरूले कृषि पेशालाई अंगालेको जानकारहरु बताउछन् । भैंसी पालन गर्दै, विक्री गरि राम्रो आम्दानी गर्दै आउनु भएकी मगरले पहिलोपटक व्यवसायीक रूपमा साकिनि जातको लोकल कुखुरा पालन व्यावसाय सुरुवात गर्नु भएको बताउनुभयो । ३७ हजार लगानी साकिनि लोकल जातको चार सय लोकल कुखुराबाट व्यावसाय सुरुवात गर्नु भएको मगरले यस भन्दा अगाडि भैंसी पालन व्यवसाय गरि विभिन्न ठाउँमा भैंसी विक्रि गर्दै आउनु भएकी मगरले कुखुरा पालनबाट राम्रो आम्दानी गरेको बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

व्यावसायीक रूपमा चार वटा भैंसी पालन व्यवसायिबाट कृषि पेशामा लाग्नु भएकी मगरले स्वदेशमै रोजगार गरेर महिनामा ४० देखि ५० हजार कमाउने उद्देश्यले अर्काे कृषि पेशा व्यवसायीलाई अंगालेको बताउनुभयो, त्यो हो कुखुरा पालन व्यावसायी । मगरले आफ्नै ६ कठ्ठा जग्गामा व्यावसायिक परम्परागत रूपमा लोकल कुखुरा पालन गरि लमही, तुलसिपुर, घोराही, भालुवाङ, लगाएतका विभिन्न अन्य ठाउँमा विक्रि गर्दै राम्रो आम्दानी समेत गरेको उहाँको भनाइ छ ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

१ लाख २० हजार लगानीमा खोर निर्माण

व्यावसायीक रूपमा साकिनि लोकल जातको कुखुरा पालनको सुरुवात गर्नु भएको मगरले व्यक्तिगत १ लाख २० हजार लगानीमा दुईवटा कुखुराको खोर निर्माण गर्नु भएको छ । निर्माण गरिएको कुखुराको खोर वरपर चारैतिरबाट तारजाली लगाउनु भएको छ । मगरले ८० हजार लगानीमा तारजाली लगाएको जानकारी दिनुभयो । गएको भदौ ४ गते देखि व्यावसायीक रूपमा कुखुरा पालनको सुरुवात गर्नु भएको मगरले अहिले थोकमा ६ सय र खुद्रामा ७ सय रूपैयाँ प्रति किलोको दरले लोकल कुखुरा विक्रि गर्दै आएको बताउनुभयो । ‘अहिले लोकल कुखुराको माग बढि छ । व्यावसायि सुरु गरेको तीन महिनापछि कुखुरा विक्रि गर्दै आएको छु । प्राय होटलहरूबाट व्यापारीहरू खरिद गर्न आउने गर्छन ।’

Blog Post Ad Blog Post Ad Blog Post Ad

लोकल र बदिया भाले थप गर्ने योजना

लमही नगरपालिका वडा नम्बर ७ वनघुस्री निवासी पुनम घर्ती मगरले व्यवसायलाई अझै वृद्धि गर्ने बताउनुभयो । दुई सय लोकल कुखुरा थप्ने र बदिया कुखुरा पाल्ने योजना बनाएको उहाँले बताउनुभयो । ‘लोकल कुखुरा खाने सिजन भनेकै पुस र माघ महिना हो ।’ यो समयमा सबैभन्दा बढि विक्रि हुने गरेको उहाँको भनाइ छ । ‘अब केही महिनामै लोकर कुखुरा थप्ने र बदिया कुखुरा पालन गर्ने योजना बनाएको छु । अवको लक्ष्य भनेकै अझै दुईवटा कुखुराको खोर थप गरि कम्तीमा दुई हजार लोकल कुखुरा र बदिया व्यावसायीक रूपमा पाल्ने योजना रहेको छ ।’ गएको दशैँमा विस हजार बराबरको लोकल कुखुरा विक्री गरि राम्रो आम्दानी गरेको उहाँले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

यस्तै देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ निवासी हाल राप्ती गाउँपालिका वडा नम्बर वडा नम्बर ४ पिपरीमा व्यावसायीक रूपमा लोकल कुखुरा विक्रि गर्दै राम्रो आम्दानी गरेको स्थानीय भुपाल योगीले बताउनुभयो । चार सय लोकल कुखुरा पालनबाट सुरुवात गर्नु भएको योगीले कुखुरापालनबाट यस वर्षमा मात्रै ३ लाख आम्दानी गरेको उहाँले बताउनुभयो ।

पहिलोपटक व्यवसायी रूपमा कुखुरा पालनको सुरुवात गर्नु भएको योगी राम्रो आम्दानी गर्दै लोकल अण्डा पनि विक्रि गर्दै राम्रो आम्दानी गर्दै आएको बताउनुभयो ।

पाँच विगाह जग्गामा व्यावसायीक रूपमा लोकल कुखुरापालनको गर्दै आउनु भएको योगीले यस वर्ष आफ्नै फर्ममा चल्ला उत्पादन गरी व्यवसाय सुरु गर्ने र यो वर्ष ६ लाखको कारोबार गरि राम्रो आम्दानी गर्ने लक्ष्य रहेको उहाँको भनाइ छ ।

यस्तै कृषकहरूलाई कृषि पेशामा प्रोत्सान गर्ने स्थानीय सरकारले विभिन्न कृषि सम्बन्धि दिर्घकालिन योजनाहरू अगाडि सार्नुपर्ने स्थानीय शेरसिङ खड्काले बताउनुभयो । स्वदेशमा रहेका युवा पुस्ताहरूलाई कृषि पेशामा आत्म निर्भर गराउन स्थानीय सरकारको महत्वपूर्ण भुमिका रहेको स्थानीय खड्काले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *