सरकारी अनुदानको पहिलो साना जलविद्युत् आयोजनाबाट उत्पादन सुरु

 

Blog Post Ad Blog Post Ad Blog Post Ad

कात्तिक २४ गते । सरकारकोे अनुदानमा पहिलोपटक साना जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन सुरु भएको छ । बागलुङको ताराखोला गाउँपालिका–५ मा ३८४ किलोवाट क्षमताको आयोजनाबाट विद्युत्को परीक्षण उत्पादन सुरु भएको हो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad


स्थानीय समुदायको सेयर, लगानी तथा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत उपलब्ध गराइएको अनुदानसहित करिब २२ करोड रुपियाँ लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको केन्द्रले जनाएको छ । यसमध्ये केन्द्रबाट नौ करोड २७ लाख रुपियाँ अनुदान दिइएको आयोजना निर्देशक तिलक लिम्बूले जानकारी दिनुभयो ।


यसबाहेक सङ्घीय सासद देवेन्द्र पौडेलले स्थानीय पूर्वाधार विकास कार्यक्रमअन्तर्गत ५० लाख रुपियाँ पनि सो आयोजनालाई उपलब्ध गराउनुभएको थियो । २०६९ सालदेखि बनाउने पहल हुँदै आएको सो आयोजना केन्द्रको ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रमअन्तर्गत २०७४ चैतदेखि निर्माण थालिएको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

२२ सय घरधुरीलाई विद्युत् सेवा उपलब्ध गराउने गरी बनेको सो आयोजनाबाट अहिले ११ सय घरधुरीमा विद्युत् पु¥याइएको छ । सर्वसाधारणसहित ५० भन्दा बढी ढुङ्गाखानी, २५ फर्निचर उद्योगले विद्युत् सेवा पाएका छन् ।

जनताको जीवनस्तर सुधार हुने र आर्थिक उपार्जन बढाउने गरी आयोजनाको विद्युत् खपत हुन थालेको केन्द्रका जीविकोपार्जन विज्ञ सुवास कुँवरले बताउनुभयो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

स्थानीय ताराखोलाको पानी दुई किलोमिटर कुलो हुँदै ११८ मिटर अग्लो पेनस्टक पाइपमार्पmत टर्वाइनमा पु¥याइएको छ । दुई टर्वाइनमा प्रतिसेकेन्ड ४२३ लिटर पानी प्रवाह गरी विद्युत् उत्पादन गरिएको केन्द्रका प्राविधिक राजन आचार्यले जानकारी दिनुभयो । आयोजनाको लक्षित क्षेत्रमध्येमा केही क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइन पु¥याइएको छ ।

आयोजनाबाट उत्पादन हुने सबै विद्युत् स्थानीयस्तरमा खपत नहुने अवस्थामा सो आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडने गरी स्विच यार्ड बनिरहेको बताउनुभयो । धसामुदायिक स्वामित्वको मोडेलमा बनेको प्रवद्र्धक ताराखोला जलविद्युत् लिमिटेडमा स्थानीय १६ सय जना सेयर सदस्य रहेका छन् ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

आयोजना निर्माणका लागि सेयर स्वामित्वका साथै अन्य लगानी पनि सेयर सदस्यले नै जुटाएका हुन् ।
साना जलविद्युत् आयोजनाका रूपमा दोलखाको हलुवा खोलामा चार सय किलोवाट क्षमताको साना जलविद्युत् यसअघि नै बनिसकेको छ तर सो आयोजना संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)को अनुदानमा बनेको थियो ।

Blog Post Ad Blog Post Ad Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *